यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन र दमदार बाइक

हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो बाइक एक्सट्रिम १६० आर फोरभी फुल फेयर्ड बाइक भन्दा पावरफुल भएको कम्पनीले बताएको छ ।

नयाँ हिरो एक्सट्रिम ४भी अपडेट २०० सीसी ४ भल्व, सिंगल सिलिन्डर, फ्युल इन्जेक्सनको साथ आयल कुल्ड मोटरबाट पावर लिन्छ । ४ भल्व इन्जिनले ८००० आरपीएममा १८.८ बीएचपी र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

सो बाइक लामो ट्रिममा बढी कन्फर्टका लागि एक न्यु स्प्लिट ह्यान्डलबारमा उपलब्ध छ । यसमा नयाँ रियर टायर हगर पनि उपलब्ध छ । बाइकमा एलईडी डीआरएलको साथमा ट्विन एलईडी हेडल्याम्प, लाइट गाइडको साथ एलईडी टेललाइट समावेश छ । एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोलको साथमा टर्न बाई टर्न नेभिगेसन र अल÷एसएमएस अलर्ट जस्ता फिचर समावेश छ । सो बाइकले यो सेगमेन्टमा सुजुकी जिक्सर एसएफ र यामाहा आर १५ एससँग प्रतिस्पर्धा गर्नेछ ।

एक्सट्रिम २००एस ४ भीको अगाडि टेलिस्कोपिक फोर्क्स र एक्सट्रिम १६०आर ४भीमा यूएसडी फ्रन्ट फोर्क्सको प्रयोग गरिएको छ । बाइकको अगाडि ७ स्टेप एड्जस्टेबल मोनोशक र १३० एमएम टायर प्रयोग गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago