हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो बाइक एक्सट्रिम १६० आर फोरभी फुल फेयर्ड बाइक भन्दा पावरफुल भएको कम्पनीले बताएको छ ।
नयाँ हिरो एक्सट्रिम ४भी अपडेट २०० सीसी ४ भल्व, सिंगल सिलिन्डर, फ्युल इन्जेक्सनको साथ आयल कुल्ड मोटरबाट पावर लिन्छ । ४ भल्व इन्जिनले ८००० आरपीएममा १८.८ बीएचपी र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
सो बाइक लामो ट्रिममा बढी कन्फर्टका लागि एक न्यु स्प्लिट ह्यान्डलबारमा उपलब्ध छ । यसमा नयाँ रियर टायर हगर पनि उपलब्ध छ । बाइकमा एलईडी डीआरएलको साथमा ट्विन एलईडी हेडल्याम्प, लाइट गाइडको साथ एलईडी टेललाइट समावेश छ । एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोलको साथमा टर्न बाई टर्न नेभिगेसन र अल÷एसएमएस अलर्ट जस्ता फिचर समावेश छ । सो बाइकले यो सेगमेन्टमा सुजुकी जिक्सर एसएफ र यामाहा आर १५ एससँग प्रतिस्पर्धा गर्नेछ ।
एक्सट्रिम २००एस ४ भीको अगाडि टेलिस्कोपिक फोर्क्स र एक्सट्रिम १६०आर ४भीमा यूएसडी फ्रन्ट फोर्क्सको प्रयोग गरिएको छ । बाइकको अगाडि ७ स्टेप एड्जस्टेबल मोनोशक र १३० एमएम टायर प्रयोग गरिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…