हुम्लामा पहिलो पटक रक्त परीक्षण र भिडियो एक्स-रे सेवा

सिमकोट – खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने सेवा सुरु गरेको छ। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले यो कार्यक्रम अनिवार्य रुपमा सञ्चालनमा ल्याएको हो।

स्वास्थ्य शाखाका प्रमुख बलिराज शाही गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य चौकीहरूले गर्भवती महिलाहरुको रक्त परीक्षण र भिडियो एक्स-रे गर्ने कार्य सुरु गरेको बताए।

रक्त परीक्षणको अन्तर्गत आठ प्रकारको परीक्षण हुनेछ भने अर्को पिसाप परीक्षणसमेत गरिनेछ। यसअघि भिडियो एक्स-रे जिल्ला अस्पतालबाट दक्ष जनशक्ति झिकाएर वर्षमा एक पटक गर्ने गरिएको भएपनि यस आर्थिक वर्षबाट भने अनिवार्य रुपमा सबै गर्भवती महिलाहरुको लागि रक्त परीक्षण र भिडियो एक्स-रे सुरु गरिएको छ।

यो कार्यले आमा तथा गर्भमा रहेको शीशुको ज्यान जोगाउन सहज हुने, समयमै रोग पत्ता लाग्ने, जटिल रोग भए समयमै थप उपचारका लागि रिफर गर्न सहज हुनका साथ संस्थागत सुत्केरीको दर पनि बृद्धि हुने छ। यस आर्थिक वर्षमा सबै गर्भवती महिलाहरुलाई अनिवार्य रुपमा छ पटक भिडियो एक्स-रे र एक पटक रक्त परीक्षण वस्ती स्तरमा स्वास्थ्यकर्मी पुगेर नि:शुल्क गरिनेछ।

शाखाले यो कार्य गर्नका लागि प्रत्येक दुई महिनामा बस्ती स्तर स्वास्थ्यकर्मी पुगेर सेवा प्रदान गर्न मितिसमेत तय गरेको छ। जिल्लाका सात वटा मध्य गर्भवती महिलाहरूको रक्त परीक्षण र छ पटक भिडियो एक्स-रे गर्नका लागि कार्यतालिका तय गर्ने पहिलो गाउँपालिका रहेको छ।

यस आर्थिक वर्षमा खार्पुनाथ गाउँपालिका भरिमा १६० जना गर्भवती महिला पुग्ने अनुमान गरिएको छ। गतवर्ष गाउँपालिकामा ११७ जना गर्भवतीको संस्थागत सुत्केरी भएकी थिइन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago