काठमाडाैँ – नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चद्वारा नेपालमा पहिलो पटक आयोजित दुई दिने महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।
सम्मेलन परिणाममुखी हुन सकोस् र महिलालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने उद्देश्यले जारी भएकाे ८ बुँदे घोषणापत्र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई हस्तान्तरण गरिएको थियाे।
सम्मेलनमा मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध महिला उद्यमीहद्वारा प्रवर्द्धित ३० वटा उद्योगका वस्तुसमेत प्रदर्शनी गरिएको थियो। स्वदेशी उत्पादन उच्च गुणस्तरको रहेका र यस्ता उत्पादकको क्षमता बृद्धि र उत्पादन हरुको प्रबर्धन गर्न सके निर्यातका लागि उच्च सम्भावना रहेको छ । यसका लागि परिसंघले निरन्तर रूपमा पहल गरिरहेको जनाएकाे छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…