सन्दीपलाई विदेश जान सर्वोच्च अदालतको अनुमति

काठमाडौँ – नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ।

लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै परेको दुई निवेदनमाथि एक साथ सुनुवाइ गर्दै सर्वोच्चले सन्दिपको पक्षम आदेश दिएको हो। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग बमोजिमको आदेश दिएको उनका वकिल मुराहरि सापकोटाले जानकारी दिए।

आइतबारदेखि फरक फरक माग राख्दै परेका दुई निवेदनमाथि सुनुवाइ भएको थियो।

महान्यायाधिवक्ता कार्यालयले सन्दिपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश बदर गर्दै उनलाई पुर्पक्ष थुनामै राख्नुपर्ने माग निवेदन दिएको थियो भने लामिछाने आफैँले आफूलाई विदेशमा समते खेल्न दिनुपर्ने माग गरेका थिए।

अदालतले उनलाई विदेश जान अनुमति दिएपछि सरकारी वकिलको माग अनुसार पुर्पक्ष थुनामै फर्काउनु पर्ने माग अस्वीकृत भएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago