सन्दीपलाई विदेश जान सर्वोच्च अदालतको अनुमति

२०७९, १५ फाल्गुन सोमबार २०:४०

काठमाडौँ – नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ।

लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै परेको दुई निवेदनमाथि एक साथ सुनुवाइ गर्दै सर्वोच्चले सन्दिपको पक्षम आदेश दिएको हो। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको माग बमोजिमको आदेश दिएको उनका वकिल मुराहरि सापकोटाले जानकारी दिए।

आइतबारदेखि फरक फरक माग राख्दै परेका दुई निवेदनमाथि सुनुवाइ भएको थियो।

महान्यायाधिवक्ता कार्यालयले सन्दिपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश बदर गर्दै उनलाई पुर्पक्ष थुनामै राख्नुपर्ने माग निवेदन दिएको थियो भने लामिछाने आफैँले आफूलाई विदेशमा समते खेल्न दिनुपर्ने माग गरेका थिए।

अदालतले उनलाई विदेश जान अनुमति दिएपछि सरकारी वकिलको माग अनुसार पुर्पक्ष थुनामै फर्काउनु पर्ने माग अस्वीकृत भएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु