बिर्तामोडमा लागूपदार्थविरुद्ध बृहत सचेतनामूलक र्याली निकालिएको छ

बिर्तामोड । अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा बिर्तामोडमा बृहत सचेतनामूलक र्याली निकालिएको छ ।

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजनामा सन्देशमूलक प्रभातफेरी आयोजना गरिएको हो । बिर्तामोडको मुक्तिचौकबाट शुरु भएको र्याली सिटी सेन्टर पुगेर पुनः मुक्तिचौकमै आइपुगेर समापन भएको छ । र्यालीमा बिर्तामोड उद्योग वाणिज्य संघ , जिल्ला ट्राफिक प्रहरी कार्यालय , वीरता जेसीज , वीरता लेडी जेसीज , एबीसी नेपाल , सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र , सशस्त्र प्रहरी , आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्र , बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द्र , महेन्द्र रत्न मावि , दुर्गा मावि , न्यूटन्स एजुकेशन एकाडेमी ,गोमेन्द्र कलेज , एमिटी कलेज ,विभिन्न सुधार केन्द्रका प्रतिनिधि , शिक्षक, व्यापारी, विद्यार्थी ,प्रहरी, स्काउट, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

र्यालीमा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , वडाध्यक्षहरु ,इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ ।
२०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  त्यसपछि गाँजा रहेको छ । प्रहरीले सो अवधिमा ३५ केजी ५५० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै लुपिजेसिक १८९ एम्पुल , डाइजापाम २०४ एम्पुल ,फेनारगन २०१ एम्पुल , नाइट्रोसन ११० चक्की , नाइट्राजेपाम १७८ चक्की , एभिल ६ एम्पुल बरामद भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न ३८० जना सो अवधिमा पक्राउ परेको डीएसपी खगेन्द्र रिजालले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा ३४ महिला र ३४६ जना पुरुष रहेका छन् ।

नेपाली नागरिक ३२ महिला र ३२८ पुरुष तथा भारतीय नागरिक २ महिला र १८ पुरुष पक्राउ परेको रिजालले जानकारी दिए । त्यस अवधिमा लागूऔषधमा संलग्न २३२ जनामाथि मुद्धा दर्ता गरिएको जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago