’जीवनको अन्तिम लडाइँमा’ भन्सार प्रतिनिधिहरु आन्दोलनमा होमिनु परेको

काठमाडौं । २० औं वर्षसम्म भन्सार प्रतिनिधि भएर काम गरेकाहरुलाई सरकारले ऐन संशोधन गरेर एकाएक हटाउने भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारले आर्थिक ऐनमार्फत भन्सार ऐन संशोधन गर्दै आयात निर्यात कार्य व्यवसायीको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था लागु गरेसँगै भन्सार एजेन्ट प्रतिनिधि नेपाल सरकार विरुद्ध आन्दोलनमा होमिएका हुन्।

सरकारले बजेटमार्फत भन्सार ऐन, २०६४ को दफा ५१ (१) को व्यवस्थामा प्रतिनिधि शब्द हटाई भन्सार नियमावली २०६४ नियम ३७ को (९,१०,१२,१३ र १६ ) व्यवस्था हटाइदिएको छ । योसँगै भन्सार कार्यलय तथा भन्सार क्षेत्रमा काम गरिरहेका ३०० भन्दा बढी एजेन्ट प्रतिनिधिहरु विस्थापित हुन पुगेको भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालका अध्यक्ष उमेश अधिकारीले बताए ।

नियमसँगत २० वर्ष भन्दा बढी समयदेखि भन्सार एजेन्टको रुपमा काम गरेर सरकारलाई नै सहयोग पुर्याइरहेपनि उल्टो सरकारले आफुहरुलाई खेद्ने काम गरेको भन्दै उनले आन्दोलनमा होमिनु परेको बताए ।

“भन्सार एजेन्टका प्रतिनिधि हरुले पुनः काम गर्न पाउनु पर्छ र वर्षैदेखि काम गरी रहेका प्रतिनिधिहरूलाई भन्सार एजेन्टको ईजाजतपत्र तत्काल वितरण गर्नु पर्छ।” भन्सार एजेन्ट प्रतिनिधि संघ नेपाल संघर्ष समितिका संयोजक खड्ग बहादुर कार्कीले भने।

भन्सार ऐन २०६४ अनुसार भन्सार एजेन्टले प्रतिनिधि राख्न पाउने व्यवस्था छ । प्रत्यक्ष भन्सार ऐजेन्टका रुपमा रहेका ३ सय प्रतिनिधिले राख्न पाउने एक जना बराबर कम्तीमा ५ जना प्रतिनिधि सहयोगीलाई हिसाब गर्दा १५ सय व्यवसायी हुन आउँछ । यी व्यवसायीसँग अप्रत्यक्ष रुपमा सयौं आश्रित घर परिवारहरु जोडिएका छन् । सरकारको एउटा निर्णयले कम्तीमा ८–१० हजारको रोजिरोटी गुम्न पुगेको छ’ आन्दोलित भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालका उपाध्यक्ष प्रेम बानियाँले आर्थिक भ्वाइसलाई बताए ।

सोही अवसरमा उपाध्यक्ष बानियाँले यो अप्ठ्यारो स्थितिमा सरकारले आफुहरुको रोजिरोटी नै खोस्ने भएपछि आफुहरु निर्णायक आन्दोलनमा होमिएको बताए । ’हामी जीवनको अन्तिम लडाइँमा छौं । बाँच्ने अरु आधार नै नभएपछि हामी कहाँ जाने ?’ उनले प्रतिप्रश्न गरे ।

’नेपाल सरकारले तलव ,सेवा सुबिधा केहि पनि दिनु पर्दैन। उहाँहरुले पैठारी कर्ताहरुसँग आफ्नो एउटा सहमतिको आधारमा ज्यालादरको रुपमा पारिश्रमिक लिएर काम गर्नु हुन्छ। राज्यलाई कुनै आर्थिक भर हुँदैन। बरु एजेन्टहरुमार्फ नै राज्यलाई अर्बौंको फाइदा पुगिरहेको छ’ अर्यालले बताए ।

सरकारले उल्टो २०–३० वर्षसम्म भन्सार एजेन्टका रुपमा काम गरेकाहरुलाई नै बर्खास्ती गरेको बताए । यसरी भन्सार प्रतिनिधिलाई बाहिर राखेर नेपालको भन्सार प्रशासन सोच्न नसकिने समेत उनले बताए ।

’व्यवसायी प्रतिनिधिहरुले यसै क्षेत्रमा २५ –३० वर्ष विताइसके, युवा अवस्था यसैमा सकियो । अब फेरि रोजगारीको लागि कहाँ जाने ? राज्यले अन्य सरकारी कर्मचारीहरुलाई १६ वर्ष कटेपछि पेन्सन वा अन्य सेवा सुविधाको व्यवस्था गरेर विदा गर्छ । तर, हामी त काम गरिरहेका छौं, राज्यले कुनै सुविधा दिनुपर्दैन ? थप उल्टो विचल्लि पार्ने ?’ उनले दुखेसो पोखे । बरु राज्यले कुनै सेवा सुबिधा दिनु पर्दैन, एजेन्ट प्रतिनिधिहरुको रोजगारी सुनिश्चित गरिदिए पुग्ने उनले आर्थिक भ्वाइससँग बताए । बरु सरकारले आन्तरिक प्रतिस्पर्धा गराएर व्यवसायीहरुलाई लाइसेन्स दिनुपर्ने अर्यालले बताए ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago