बिर्तामोडमा लागूपदार्थविरुद्ध बृहत सचेतनामूलक र्याली निकालिएको छ

बिर्तामोड । अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको अवसरमा बिर्तामोडमा बृहत सचेतनामूलक र्याली निकालिएको छ ।

बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त आयोजनामा सन्देशमूलक प्रभातफेरी आयोजना गरिएको हो । बिर्तामोडको मुक्तिचौकबाट शुरु भएको र्याली सिटी सेन्टर पुगेर पुनः मुक्तिचौकमै आइपुगेर समापन भएको छ । र्यालीमा बिर्तामोड उद्योग वाणिज्य संघ , जिल्ला ट्राफिक प्रहरी कार्यालय , वीरता जेसीज , वीरता लेडी जेसीज , एबीसी नेपाल , सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र , सशस्त्र प्रहरी , आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्र , बिर्ता सामुदायिक प्रहरी सेवाकेन्द्र , महेन्द्र रत्न मावि , दुर्गा मावि , न्यूटन्स एजुकेशन एकाडेमी ,गोमेन्द्र कलेज , एमिटी कलेज ,विभिन्न सुधार केन्द्रका प्रतिनिधि , शिक्षक, व्यापारी, विद्यार्थी ,प्रहरी, स्काउट, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

र्यालीमा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , वडाध्यक्षहरु ,इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी ,वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ ।
२०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  त्यसपछि गाँजा रहेको छ । प्रहरीले सो अवधिमा ३५ केजी ५५० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै लुपिजेसिक १८९ एम्पुल , डाइजापाम २०४ एम्पुल ,फेनारगन २०१ एम्पुल , नाइट्रोसन ११० चक्की , नाइट्राजेपाम १७८ चक्की , एभिल ६ एम्पुल बरामद भएको छ ।

लागूऔषधको कारोबारमा संलग्न ३८० जना सो अवधिमा पक्राउ परेको डीएसपी खगेन्द्र रिजालले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा ३४ महिला र ३४६ जना पुरुष रहेका छन् ।

नेपाली नागरिक ३२ महिला र ३२८ पुरुष तथा भारतीय नागरिक २ महिला र १८ पुरुष पक्राउ परेको रिजालले जानकारी दिए । त्यस अवधिमा लागूऔषधमा संलग्न २३२ जनामाथि मुद्धा दर्ता गरिएको जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago