नदीकिनारका बस्तीबारे गृहमन्त्रीसँग बालेन शाहको प्रश्न

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले उपत्यका नदी किनारका घरटहरा र संरचना सर्वोच्च अदालतको निर्णयविपरित नहटाइएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।

सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यिनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको उल्लेख गर्दै सो अनुसारको कार्यान्यवन किन नगरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनले प्रश्न गरेका छन्।

आज बुधबार उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी गरेन। उच्च अदालतले उक्त रिटमा अन्तरिम आदेश जारी नगरेपछि बालेनले सरकारले कानुनी राज्यको अनुभुति कसरी दिलाउँछ भन्दै गृहमन्त्रीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।
बालेनले श्रेष्ठलाई कानुन बमोजिमको शासन व्यवस्था अँगाल्न आग्रह गर्दै कानुनी राज्यको अनुभुती कसरी दिलाउनु हुन्छ भन्दै प्रश्न गरेका हुन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago