गोल्छा ग्रुपले सुरु गर्‍यो सामसङ टेलिभिजन उत्पादन रामग्राममा

काठमाडौं। सामसङ ब्रान्डको टेलिभिजन नेपालमा उत्पादन सुरू भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र नेपालका लागि कोरियारी राजदुतले संयुक्त रूपमा नवलपरासीमा उद्योग उद्घाटन गरेका छन्।

शेखर गोल्छाको गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका उद्योग स्थापना गरेको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सामसङले गोल्छा ग्रुपसँगकाे सहकार्यमा सुरू गरेको टेलिभिजन उत्पादनले आगामी दिनमा अन्य उद्योगमा पनि लगानी आउन सक्ने बताए।

`कोरियाली लगानीकर्ता उद्योग स्थापना गर्न नेपालका कुनै नियम, कानुनले कठिनाइ गरेको छ भने त्यस्ता कानून संशोधन गर्न हामी तयार छौं,´ मन्त्री रिजालले भने,`उद्योगको विकास नभई अर्थतन्त्र सुधार हुन सक्दैन। त्यसैले हामी लगानीकर्तालाई सहयोग गर्ने नीति लिन प्रतिबद्ध छौं।´

नेपालका लागि कोरियाली राजदुत जोनसङ पार्कले नेपालमा संसारकै प्रसिद्ध इलेक्ट्रोनिक सामान उत्पादन गर्ने उद्योग स्थापना हुनु गर्वको विषय भएको बताए। अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भईरहेको नेपालमा कोरियाली र गोल्छा ग्रुपको लगानीमा सामसङ टेलिभिजन उत्पादन हुनुले आगामी दिनमा नेपाल उत्पादन मुलुक देशको रूपमा विकास हुन सक्ने बताए।

नेपाल सरकारले औद्योगिक वातावरणमा सुधार गर्दै भए आगामी दिनमा नेपालमा उत्पादन मुलक क्षेत्रमा थप लगानी हुन सक्ने राजदुत पार्कले बताए। कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले सहज तरिकाले उद्योग सञ्चालनका वातावरण बनाउने प्रतिबद्धता जनाए।

अर्थतन्त्रलाई बलियो बनाउन भ्यालु एडिसन गर्न आवश्यक रहेको भन्दै सामसङसँग सहकार्यमा उत्पादन मुलुक उद्योग स्थापना गरिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताए। `मेरो हजुर बुवाले राणाकालीन समयमा नेपालको पहिलो उद्योग स्थापना गर्नु भएको थियो,´ गोल्छाले उद्योग उद्घाटन कार्यक्रममा भने, `इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यति ठूलो तहमा उद्योग स्थापना भएको पहिलो पटक हो।´

सामसङ र बजाज मोटरसाइकल एसेम्बलमा गरी हाल उद्योग परिसरमा करिब ४०० महिलाहरूले रोजगार पाएको गोल्छाले बताए। आगामी दुई वर्षभित्र १ हजारलाई रोजगार दिने गरी काम गर्ने बताए। कम्पनीले आगामीदिनमा वासिङमेसिनलगाएतका सामान उत्पादन गर्ने र नेपालमा मात्रै नभई दक्षिण एसियायी बजारमा पनि सामान बिक्री गर्ने गरी काम गर्ने योजना भएको गोल्छाले जानकारी दिए। सामसङका दक्षिण एसियाको प्रमुख जेबी पार्कले नेपालमा नयाँ टेलिभिजन उद्योग स्थापना गर्न पाउँदा खुसी लागेको बताए।

`नेपाललाई उत्पादनमुलक हब बनाउने यो राम्रो अवसर हो,´ पार्कले भने,`यो उद्योग स्थापनाले नेपाल र कोरियाली सरकारको सम्बन्ध थप बलियो बनाउन सहयोग गर्नेछ।´ गोल्छा ग्रुपले २२ अगस्त २०२२ मा उद्योग शिलान्यास गरेको थियाे। कम्पनीले ५ अप्रिलबाट परिक्षण उत्पादन सुरू गरेको थियो। ३२ देखि ८८ इन्चसम्मका सबै डिजाइनका टेलिभिजन उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago