काठमाडौँ- प्रतिनिधिसभा उपचुनाव अन्तर्गत चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भारी मतसहित विजयी भएका छन्। रविले ५४ हजार २७६ मत ल्याएका हुन्।
लामिछानका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठसँग ४३ हजार २५ मतान्तर छ। श्रेष्ठले ११ हजार १५१ र एमालेका रामप्रसाद न्यौपाले १० हजार ९ सय ३५ मत प्राप्त गरे।
रविले मंसिर ४ को निर्वाचनमा भन्दा पनि धेरै मत पाएर चुनाव जितेका हुन्। मंसिर ४ मा रविले प्रतिस्पर्धी उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतले पराजित गरेका थिए।
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे। २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…