स्वर्णिमले भने- तपाईंहरूको भरोसालाई म डगमग हुन दिने छैन

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आफ्ना मतदाताहरूको विश्वास डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन्।

आइतबार सम्पन्न उपनिर्वाचनमा तनहुँ-१ बाट भारी मतका साथ विजयी भएसँगै वाग्लेले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘यहाँहरूले मप्रति प्रकट गर्नुभएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नुपर्ने भूमिकाप्रति म अति नै सजग रहने छु र तपाईहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु’,उनले फेसबुकमा लेखेका छन्।

वाग्लेले तनहुँ- १ का बासिन्दाबाहेक अन्य क्षेत्र र विदेशमा भएकाहरूप्रति पनि विश्वास देखाउनु भएकाे भन्दै धन्यवाद प्रकट गरेका छन्। उनले चुनावी प्रचारप्रसारका क्रममा गरिएका वाचाहरू लिपिवद्ध गरी योजना अगाडि बढाउने पनि बताएका छन्।

‘चुनावी प्रचारप्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरी यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रियामार्फत् योजनाहरू अघि बढाउने छु’, उनले लेखेका छन्। चुनावमा हुने जीतहारलाई स्वाभाविक रूपमा लिइ आगामी दिनमा हातेमाले गर्दै अगाडि बढ्न वाग्लेले अन्य पार्टीका नेतागण तथा कार्यकर्ताहरूलाई अनुरोसमेत गरेका छन्।

‘अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु’, उनले लेखेका छन्।

वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।

१ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।

मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago