कर्मचारी र जनप्रतिनिधि टिकटकमा मस्त, झापामा प्रतिबन्ध लगाउने तयारी

झापा, जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमै टिकटक बनाउन थालेपछि एस किसिमको विकृतिलाई प्रतिबन्ध लगाउन झापामा तयारी थालिएको छ ।
आजकल मनोरन्जनको माध्यम बनेको टिकटकप्रति आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएपछि त्यसलाई रोक्नका लागि कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध लगाउने तयारी थालिएको हो ।

टिकटकले धेरै विकृति ल्याएपछि जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा टिकटकलाई प्रतिबन्ध लगाउने एजेन्डा नै लैजान लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

उनले नीति नै बनाएर टिकटकलाई प्रतिबन्ध लगाउन आबश्यक भएको बताए । ‘काम गर्न आएका कर्मचारीहरु टिकटक बनाउन लाग्दा समयको बर्बादीसंगै कार्यालयको गोपनीयता पनि भंग हुने खतरा छ’ उनले भने ।

भर्खरै संचालनमा आएको बिर्तामोड नगर अस्पतालले अस्पतालभित्र आफ्ना कर्मचारीहरुलाई टिकटक बनाउन प्रतिबन्ध लगाइसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले सबै कर्मचारीलाई त्यसबारे सचेत गराएका छन् । नगर अस्पतालसंगै नगरपालिका कार्यालय र त्यस मातहतका सबै कार्यालयहरुमा अब टिकटक बनाउन प्रतिबन्ध लगाइने नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।

\यसअघि बिर्तामोडका केही कर्मचारीले आफ्नो र अरुको मर्यादाको ख्याल नराखी टिकटक बनाउने र फेसबुकमा भिडियो हाल्ने गरेको बताउँदै उनले त्यस किसिमको क्रियाकलाप अब गर्न नपाउनेगरी निर्णय पारित गरिने जानकारी दिइन् । यतिसम्म कि कुनै वस्तु वा सेवाको प्रचारका लागिसमेत सबैभन्दा राम्रो माध्यम बनेको छ टिकटक । तर त्यहि टिकटकले धेरै विकृति भित्र्याएको छ । ‘भाइरल’ हुने बहाना र चाहनामा गरिने हर्कतले टिकटकको दुरुपयोग भएको छ । टिकटकको दुरुपयोग बढेपछि अहिले पशुपति क्षेत्रसहित धेरै पर्यटकीय स्थल, धार्मिक स्थलहरुमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।

यसअघि बैंकमा टिकटक बनाउने क्रममा केही घटनाहरु भएका थिए । काठमाडौँस्थित एक बाणिज्य बैंकमा बैंकका कर्मचारीले टिकटक बनाउने क्रममा ग्राहकको अनलाइन बैंकिङका लागि भर्न दिएको फर्म नै टिकटकमा छताछुल्ल भयो । सो फर्ममा ग्राहकले आफ्नो सम्भावित पासवर्ड पनि उल्लेख गरेका थिए । सो ब्रान्चका ब्रान्च मेनेजरले कर्मचारीका तर्फबाट माफी मागे र फ्रन्ट डेस्कमा बस्ने ती कर्मचारीलाई टिकटक हटाउन लगाए। यस्तै भयो सानिमा बैंकको एक शाखामा पनि । बैंकका कर्मचारी साइडमा टिकटकको फलोअर्स चेक गर्दै आफ्नो सिष्टम चलाउँदै थिए । काम गर्दै जाँदा भोलिपल्ट मात्र थाहा भयो कि एक ग्राहकको बाउन्स हुनुपर्ने चेकबाट भुक्तानी भएछ । पछि यो केस सामसुम पारेर मिलाइयो । काममै टिकटक चलाउँदा ‘दुर्घटना’ भएको भन्दै मेनेजरले सो शाखामा टिकटक चलाउन नै निषेध गरिदिए ।

त्यस्तै घटना एनआईसी एशिया बैंकमा पनि भएको थियोे । एक ग्राहकले भदौ २४ को चेक काटेर दिएका थिए एउटा पाटीलाई । तर सो चेक साउन २४ गते नै भुक्तानी भयो । व्यवहार मिलाउन एक महिनापछिको चेक दिएका ग्राहकले आफूले दिएको चेक १ महिना अघि नै साटिएपछि बैंकमा गएर प्रश्न गरे । पछि बुझ्दा पो थाहा भयो, बैंकका कर्मचारी टिकटकमा व्यस्त रहेछन् ।

सुरुवातमा रमाइलो र सूचना प्रवाहको पृथक माध्यमका रुपमा स्थापित भएको टिकटक आजभोली भने विकृतिको सागर बन्दै गएको छ । यो विकृतिबारे जानकार नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई टिकटक बनाउन रोक नै लगाएको छ ।

चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक डेनमार्कले पनि टिकटक एपलाई आफ्ना सरकारी उपकरणमा बन्देज लगाएको छ ।अफगानिस्तान, पाकिस्तान, ताइवान, युुरोपेली युनियन, क्यानडा, डेनमार्कलगायतका देशले टिकटकलाई कडा नियन्त्रणमा राखेका छन् ।

यसका अलावा विश्वका अन्य मुलुकहरु पनि छन् जहाँ टिकटकमाथि प्रतिबन्ध लगाइएको वा कडा नियन्त्रणमा राखिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago