उच्च अदालतले अभिनेता पल शाहलाई सफाइ दिने फैसला

काठमाडौँ – उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले शाहलाई सबै अभियोगबाट सफाइ दिएको हो।

शाहलाई नवलपुर जिल्ला अदालतले गरेको बाल यौन दुव्र्यवाहरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद गरेको फैसला उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पौडेलको इजलासले बदर गरेको हो। जबरजस्ती करणी मुद्दमामा नवलपुर जिल्ला अदालतले पनि शाहलाई सफाइ दिएको थियो।

बालयौन दुर्व्यवहारमा सजाय गर्ने जिल्ला अदालतको आदेशविरुद्ध शाह र उनलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएकोमा सरकारी वकिल उच्च अदालत गएका थिए। दुवै पुनरावेदनमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालतले मुद्दा दर्ता भएको ३३ दिनमै फैसला सुनाएको हो।

गत भदौ २० गते बलात्कार अभियोगमा सफाइ दिँदै शाहलाई बाल यौन दुर्व्यवहारमा २ वर्ष ६ महिना कैद, २५ हजार रुपैयाँ जरिवाना गरेको थियो भने। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

यस्तै तनहुँ जिल्ला अदालतले पनि शाहलाई जबरजस्ती करणीम मुद्दामा सफाइ दिएको थियो। पीडित किशोरीले नवलपुर र तनहुँ दुवै ठाउँमा जाहेरी दिएपछि उनीमाथि दुईवटै जिल्ला अदालतमा मुद्दा परेको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago