काठमाडौँ – उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ। जिल्ला अदालत नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले शाहलाई सबै अभियोगबाट सफाइ दिएको हो।
शाहलाई नवलपुर जिल्ला अदालतले गरेको बाल यौन दुव्र्यवाहरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद गरेको फैसला उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पौडेलको इजलासले बदर गरेको हो। जबरजस्ती करणी मुद्दमामा नवलपुर जिल्ला अदालतले पनि शाहलाई सफाइ दिएको थियो।
बालयौन दुर्व्यवहारमा सजाय गर्ने जिल्ला अदालतको आदेशविरुद्ध शाह र उनलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएकोमा सरकारी वकिल उच्च अदालत गएका थिए। दुवै पुनरावेदनमाथि सुनुवाइ गर्दै आइतबार उच्च अदालतले मुद्दा दर्ता भएको ३३ दिनमै फैसला सुनाएको हो।
गत भदौ २० गते बलात्कार अभियोगमा सफाइ दिँदै शाहलाई बाल यौन दुर्व्यवहारमा २ वर्ष ६ महिना कैद, २५ हजार रुपैयाँ जरिवाना गरेको थियो भने। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।
यस्तै तनहुँ जिल्ला अदालतले पनि शाहलाई जबरजस्ती करणीम मुद्दामा सफाइ दिएको थियो। पीडित किशोरीले नवलपुर र तनहुँ दुवै ठाउँमा जाहेरी दिएपछि उनीमाथि दुईवटै जिल्ला अदालतमा मुद्दा परेको थियो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…