मछिन्द्र फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर। मछिन्द्र फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधिनजिक पुगेको हो ।

मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्द्रेस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए ।

दर्शकले भरिभराउ रंगशालामा गत वर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो । पहिलो हाफमा मछिन्द्र एपिएफमाथि हाबी देखियो ।
खेलको २५ औँ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार क्रसबार माथिबाट अकासियो । खेलको ३५ औँ मिनेटमा सौरभ लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार एपिएफका गोलरक्षक अञ्जल श्रेष्ठले रोके ।
पहिलो हाफको अतिरिक्त समयमा एपिएफका सविन थापाको प्रहार क्रसबारमा ठोक्किएर बाहिरियो ।

दोस्रो हाफमा एपिएफले खेल सुधारेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई एपिएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपिएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।

आइतबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago