प्रथम रणउज्जेश्वरी भगवती भलिबल कप २०८० पाल्पामा सञ्चालन हुने

पाल्पा ८ भदाै‌ । प्रथम रणउज्जेश्वरी भगवती भलिबल कप २०८० पाल्पामा सञ्चालन हुने भएको छ । प्रतियोगिता यहि भाद्र १८ गते देखि २१ गते सम्म तानसेनको टुँडिखेल खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । तानसेनमा पत्रकार सम्मेलन गर्दै आयोजक श्रीनगर भलिबल क्लबले प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । क्लबले श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्राको अवसरमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कृष्ण आलेले ८ लाख ५० हजार बढीको अनुमानित खर्च विवरण प्रस्तुत गर्नुभयो । आलेले प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्त्वना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले प्रतियोगिता सम्पन्न गर्न समितिले सक्दो सहयोग गर्ने बताउनुभयो । घिमिरेले पाल्पालाई खेलकुद हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्लाका सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरु सहभागी हुने र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago