प्रथम रणउज्जेश्वरी भगवती भलिबल कप २०८० पाल्पामा सञ्चालन हुने

२०८०, ८ भाद्र शुक्रबार १६:२२

पाल्पा ८ भदाै‌ । प्रथम रणउज्जेश्वरी भगवती भलिबल कप २०८० पाल्पामा सञ्चालन हुने भएको छ । प्रतियोगिता यहि भाद्र १८ गते देखि २१ गते सम्म तानसेनको टुँडिखेल खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो । तानसेनमा पत्रकार सम्मेलन गर्दै आयोजक श्रीनगर भलिबल क्लबले प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । क्लबले श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्राको अवसरमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कृष्ण आलेले ८ लाख ५० हजार बढीको अनुमानित खर्च विवरण प्रस्तुत गर्नुभयो । आलेले प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, तृतिय पुरस्कार ४४ हजार ४ सय ४४ र सान्त्वना हुनेले २२ हजार २ सय २२ रुपैंया प्राप्त गर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले प्रतियोगिता सम्पन्न गर्न समितिले सक्दो सहयोग गर्ने बताउनुभयो । घिमिरेले पाल्पालाई खेलकुद हब बनाउन विभिन्न प्रतियोगिता आयोजना हुने वातावरण तयार गर्न जिल्लाका सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । प्रतियोगितामा विभिन्न राष्ट्रिय खेलाडीहरु सहभागी हुने र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु