बिर्तामोड नगरपालिकाले ल्यायो १ अर्ब ४० करोड ९५ लाखको बजेट २०८०/०८१ को लागि

बिर्तामोड। बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो नगर अधिवेशनअन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाँडफाँटबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड, संघीय सशर्त अनुदान चालुतर्फ २९ करोड ६ लाख तथा पँजीगततर्फ ३६ करोड ७६ लाख, संघीय बिशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ बजेट प्राप्त हुने नगर उपप्रमुख संग्रौलाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०७९÷०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९०रुपैयाँ (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट ल्याएको थियो । बजेट संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त बजेट, समपूरक अनुदान र विशेष अनुदानका योजना तथा कार्यक्रमहरु र सशर्तमा तोकिएका योजना तथा कार्यक्रममा खर्च हुने जनाइएको छ।

नगरपालिकाले कृषि क्षेत्रमा १ करोड, पशुपंछी तथा मत्स्य विकासमा ७५ लाख , शिक्षा क्षेत्रमा २ करोड ५० लाख, स्वास्थ्य क्षेत्र नगर अस्पताल तथा विपन्न नागरिकहरुको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन समेतमा ३ करोड २० लाख, मर्मत संभार कोष र सडक सुधारमा २ करोड, महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक, दलित, मधेशी, जनजाति, अदिवासी समेतलाई लक्षित कार्यक्रममा १ करोड, लघुउद्यम विकास, सहकारी युवा तथा खेलकुद कार्यक्रममा ७० लाख, फोहोरमैला व्यवस्थापन तथा विपद् व्यवस्थापनमा २ करोड ५० लाख, देबीहाट बुधाबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण, नगरको प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा साझेदारी गर्न समपूरक कोषमा ५ करोड ५० लाख, लोक कल्याणकारी सूचना सन्देश विज्ञापन र सचेतनामुलक कार्यक्रमहरुमा ५० लाख, नगरस्तरीय नगर गौरव योजना, वडास्तरीय योजना तथा बहुवर्षे क्रमागत योजना समेतमा २२ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

नगरपालिकाले व्यवसायीहरुलाई व्यवसाय करको दायराभित्र ल्याउन एकपटकको लागि आन्तरिक राजश्व कार्यालयमा दर्ता भई बिर्तामोड नगरपालिकामा व्यवसाय दर्ता नभएका र दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग÷फर्म÷कम्पनीलाई ३ वर्ष वा सो भन्दा माथिको वक्यौता कर तिर्नुपर्ने रहेछ भने ३ वर्षसम्मको हकमा १ वर्षको कर र ३ वर्ष माथिको बक्यौता हुनेको हकमा २ वर्षको कर लिई आ.ब. २०८०÷८१ को श्रावण देखि कार्तिक महिनासम्मका लागि एकपटक दर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ ।

उक्त अवधिमा समेत दर्तामा नआउने फर्म÷कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण करको अतिरिक्त शतप्रतिशत जरिवाना गरी असुलउपर गरिने नगरपालिकाले बजेटमा उल्लेख गरेको छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago