स्वर्णिमले भने- तपाईंहरूको भरोसालाई म डगमग हुन दिने छैन

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आफ्ना मतदाताहरूको विश्वास डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन्।

आइतबार सम्पन्न उपनिर्वाचनमा तनहुँ-१ बाट भारी मतका साथ विजयी भएसँगै वाग्लेले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘यहाँहरूले मप्रति प्रकट गर्नुभएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नुपर्ने भूमिकाप्रति म अति नै सजग रहने छु र तपाईहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु’,उनले फेसबुकमा लेखेका छन्।

वाग्लेले तनहुँ- १ का बासिन्दाबाहेक अन्य क्षेत्र र विदेशमा भएकाहरूप्रति पनि विश्वास देखाउनु भएकाे भन्दै धन्यवाद प्रकट गरेका छन्। उनले चुनावी प्रचारप्रसारका क्रममा गरिएका वाचाहरू लिपिवद्ध गरी योजना अगाडि बढाउने पनि बताएका छन्।

‘चुनावी प्रचारप्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरी यहाँका स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अर्न्तक्रियामार्फत् योजनाहरू अघि बढाउने छु’, उनले लेखेका छन्। चुनावमा हुने जीतहारलाई स्वाभाविक रूपमा लिइ आगामी दिनमा हातेमाले गर्दै अगाडि बढ्न वाग्लेले अन्य पार्टीका नेतागण तथा कार्यकर्ताहरूलाई अनुरोसमेत गरेका छन्।

‘अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु’, उनले लेखेका छन्।

वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।

१ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।

मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago