पाँचथर आगलागी हुँदा २ बालकको मृत्यु, तेह्रथुममा १४ घर जलेर नष्ट

मोरङ – पाँचथर र तेह्रथुममा आगलागी हुँदा २ जना मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको यवाडाँडामा आगलागी हुदा दुई बालकको मृत्यु भएको हो।

शुक्रबार दिउँसो गाउँपालिका–७ का शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। कार्यालयका अनुसार दिउँसो गाईवस्तुका लागि खोले पकाएर जंगलमा दाउरापात गर्न अभिभावक गएको अवस्थामा आगो सल्किएको थियो।

आगलागीका बेला घरमा दुई बालक मात्र रहेको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, शुक्रबार अपराह्न करिब ५ बजे तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा आगलागी हुदा १६ वटा घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिन्जो भोटेका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

प्रहरी निरीक्षक भोटेले आगलागी नियन्त्रणका लागि पाँचथरबाट एउटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालयबाट प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएको जानकारी दिए।सदरमुकामबाट सवारीमा करिब ४ घण्टाको दूरीमा रहेको घटनास्थलमा आगोको शक्ति कम हुँदै गएको उनको भनाइ छ।

प्रहरी निरीक्षक फिन्जो भोटेका अनुसार आगलागीबाट १४ वटा घर जलेका छन्। आगलागीबाट क्षति पुगेको मध्ये ९ वटा घरमा मानिसको बसोबास रहेको र बाँकी घर फुसको, गोठ र मानिस नबस्ने खाली घर रहेको उनले जानकारी दिए।

आगलागी बस्तीनजिक जंगलबाट सरेको हुन सक्ने प्रहरीको अनुमान छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago