पाँचथर आगलागी हुँदा २ बालकको मृत्यु, तेह्रथुममा १४ घर जलेर नष्ट

मोरङ – पाँचथर र तेह्रथुममा आगलागी हुँदा २ जना मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको यवाडाँडामा आगलागी हुदा दुई बालकको मृत्यु भएको हो।

शुक्रबार दिउँसो गाउँपालिका–७ का शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। कार्यालयका अनुसार दिउँसो गाईवस्तुका लागि खोले पकाएर जंगलमा दाउरापात गर्न अभिभावक गएको अवस्थामा आगो सल्किएको थियो।

आगलागीका बेला घरमा दुई बालक मात्र रहेको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, शुक्रबार अपराह्न करिब ५ बजे तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा आगलागी हुदा १६ वटा घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिन्जो भोटेका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

प्रहरी निरीक्षक भोटेले आगलागी नियन्त्रणका लागि पाँचथरबाट एउटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालयबाट प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएको जानकारी दिए।सदरमुकामबाट सवारीमा करिब ४ घण्टाको दूरीमा रहेको घटनास्थलमा आगोको शक्ति कम हुँदै गएको उनको भनाइ छ।

प्रहरी निरीक्षक फिन्जो भोटेका अनुसार आगलागीबाट १४ वटा घर जलेका छन्। आगलागीबाट क्षति पुगेको मध्ये ९ वटा घरमा मानिसको बसोबास रहेको र बाँकी घर फुसको, गोठ र मानिस नबस्ने खाली घर रहेको उनले जानकारी दिए।

आगलागी बस्तीनजिक जंगलबाट सरेको हुन सक्ने प्रहरीको अनुमान छ।

Sanjay poudyal

Recent Posts

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

56 years ago

सिंहदरबारको मुख्य भवनमा आगजनी

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…

56 years ago