रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवारका रुपमा तय

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेका छन्।

राष्ट्रपतिको उम्मेदवार कांग्रेसले तय गर्ने भनिए पनि रामचन्द्र पौडेलको नामबारे अनौपचारिक रुपमा टुंगिएको बैठकका एक सहभागीले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा सहभागी थिए।

बैठकले राष्ट्रपतिका उम्मेदवारमा कांग्रेसलाई सघाउने निर्णय गरेको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले देशसञ्चारलाई गराए।

कांग्रेसले अनौपचारिक रुपमा रामचन्द्र पौडेलको नाम राष्ट्रपतिका उम्मेदवारका रुपमा तय गरिसकेको छ भने आठ दलको बैठकमा पनि उनको नामबारे अनौपचारिक सहमति बनेको थियो।

आठ दलीय बैठकका सहमतिबारे शनिबार बिहान ८ बजे ‍औपचारिक रुपमा जानकारी गराइने एक नेताले जानकारी दिए।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago