विजेतालाई २० लाख पुरस्कार राशिको विराट गोल्डकप आजदेखि

झापा। राजधानी बाहिरको सबैभन्दा धेरै पुरस्कार राशि भएको फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ आजदेखि शुरु हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिता रात्रिकालीन हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । साँझ ६ बजेदेखि औपचारिक कार्यक्रम शुरु भएर साँझ ७ बजेदेखि प्रतियोगिता शुरु हुने आयोजक विराट गोल्डकपका सहसंयोजक सुवाशिष कोइरालाले बताए ।नेपालमा आयोजना हुने पुरानो प्रतियोगितामध्येको एक महेन्द्र गोल्डकपको परिमार्जित रुप नै विराट गोल्डकप हो ।

२०१८ सालमा तत्कालीन बडाहाकिम दामोदर शमशेरले राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरेका थिए । गणतन्त्र प्राप्तिपछि भने विराट गोल्डकप राखेर २०६८ सालबाट प्रतियोगिता संचालन गरिएको हो । नेपालमा फुटबल प्रतियोगिता दिउँसोको समयमा हुन्छ । पूर्वाधार अभावका कारण रात्रिकालीन खेलकुदका लागि दशरथ रंगशालाको विकल्प थिएन ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको दशरथ रंगशालामा समेत संचालनमा नहुँदा एक समय लगभग नेपालका रात्रिकालीन खेलकुद ठप्प जस्तै थियो । गर्मी मौसमका कारण दिवाकालिन फुटबल आयोजना गर्नु नै विराटनगरको लागि चुनौती थियो । त्यसमा पनि रात्रिकालिन फुटबल आयोजना गर्न त पूर्वाधार नै थिएन ।

यद्यपि मोरङ व्यापार संघका तत्कालिन उपाध्यक्षसमेत रहेका नविन रिजाललाई गोल्डकपको संयोजक बनाएपछि २०७४ चैत्र १७ देखि रात्रिकालिन फुटबल सुरु भयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ६ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जावलाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक कोइरालाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago