धुर्मस–सुन्तली फाउन्डेसन रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै

काठमाडौँ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको धुर्मुस–सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

फाईल फोटो

फाउन्डेसनले वि.सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो । आर्थिक अभावका कारण फाउन्डेसनले निर्माण कार्यबाट बीचबाट नै हात झिकेको थियो । कुल ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । जसमा ५४ करोड खर्च भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको थियो । त्यसको ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले निर्माण कार्य रोकेका थिए ।

त्यसपछि हालसम्म फाउन्डेसनले खर्च विवरण सर्वाजनिक गरेको छैन् । फाउन्डेसनका अध्यक्ष सितारम कटेलले अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी भएको बताए। ‘अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी थालेका छौं । खर्च विवरण बाहेकका अन्य विषय पनि छन् ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दैछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले बताएपनि हालसम्म निर्माण हुन सकेको छैन । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago