प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिता चैत २४ र २५ मा

बिर्तामोड। ग्यालेक्सी फिटनेश बिर्तामोडले आगामी चैत २४ र २५ गते प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ च्याम्पियनसीप प्रतियोगिता गर्ने भएको छ ।

फिटनेशले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता गर्न लागिएको जनाएको हो । प्रतियोगिताबारे जानकारी दिँदै आयोजक समितिका अध्यक्ष दिप साउदेन लिम्बूले ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताए ।
उनका अनुसार प्रतियोगितामा प्रदेशभरिका जिल्लाबाट एक सय ५० बढी खेलाडीले सहभागिता जनाउनेछन् ।‘प्रतियोगिताको लागि प्रि–सेलेक्सनबाट खेलाडीको छनौट गरिने छ’ ग्यालेक्सीका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना ‘लाफा’ ले भने, ‘२४ गते हुने प्रि–सेलेक्सनबाट प्रत्येक समूहमा २५ खेलाडी सहभागि गराइनेछ ।

२५ गते हुने प्रतियोगिताको फाइनलमा ओभरल विजेताले नगद रु. २ लाखसहित मेडल, ट्रफि र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपविजेतालाई नगद रु. एक लाख २५ हजारसहित मेडल, ट्रफि र विभिन्न पुरस्कारहरु प्रदान गरिने समितिका संरक्षक सन्दीप शेर्माले बताए ।
उनका अनुसार तेस्रो हुनेले नगद रु. ७५ हजार, चौथो हुनेले ५० हजार र पाँचौ हुनेले नगद रु. ३० हजार प्राप्त गर्ने छन् ।

समूह चरणका दोस्रोलाई नगद रु. १० हजार, तेस्रोले ५ हजारसहित मेडल, ट्रफि र विभिन्न आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने वेस्ट पोजरले रु. १० हजार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितालाई सम्पन्न गर्न १५ लाख रुपैयाँ बढी खर्च लाग्ने बताइएको छ । पत्रकार सम्मेलनकै बीच सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष राजेन्द्र कर्माले प्रथम पुरस्कार रु. २ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।प्रतियोगिताको मुख्य स्रोत क्लबका सदस्यहरु र केही दाताहरु भएको बताउँदै व्यापारी, संघसंस्था, दाता महानुभावमा सहयोगको आह्वान समेत गरिएको छ । पुरस्कार घोषणा गरेका पाँचथर फिदिम निवासी कर्मालाई ग्यालेक्सी फिट्नेशले खादा ओढाइ सम्मान गरेको थियो ।

आयोजक समितिका अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सल्लाहकार रतन लिम्बू, प्रशिक्षक ललित धिमाल, दाता राजेन्द्र कर्मालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव केशव श्रेष्ठले गरेका थिए ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago