बिर्तामोड बडी ग्यारेज द्वारा जेठ १२ मा कंचनजंघा बडीबिल्डिङ तयारी

झापा। दुई वर्षअघि कोशी प्रदेशस्तरीय फस्ट मिस्टर कन्चनजंघा बडीबिल्डिङ प्रतियोगिता सफल रुपमा सम्पन्न गरेको बडी ग्यारेज बिर्तामोडले अर्को संस्करणको तयारी थालेको छ ।

पुरानो भद्रपुर रोडमा ५ वर्ष अघिदेखि संचालनमा रहेको बडी ग्यारेज (जिम हाउस)ले आगामी जेठ १२ र १३ गते सेकेन्ड मिस्टर कंचनजंघा बडीबिल्डिङ च्याम्पियनसीप गर्ने भएको हो । पहिलो प्रतियोगिताको हौसला र खेलप्रेमीहरुको साथ पाएर यस वर्ष कोशी प्रदेशस्तरीय बडीबिल्डिङ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिएको बडी ग्यारेजले पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५० हजार रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५० हजार रुपैयाँ, चौँथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौ पुरस्कार ७५ हजार रुपैयाँ रहेको छ । साथै हरेक तौल समूहमा द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ र साथमा मेडल र ट्रफीसमेत प्रदान गरिने बडी ग्यारेजका अध्यक्ष अर्जुन मैनालीले बताए ।

उनले काठमाडौं उपत्यका बाहिरको ठूलो धनराशि र सुविधा भएको प्रतियोगिता आफूहरुले आयोजना गरेको जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि यातायात र खानेबस्नेको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

पुरस्कारमा मात्रै ९ लाख ६१ हजार १ सय ११ रुपैयाँ छुट्याइएको सो प्रतियोगिताका लागि २४ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता गराउन प्रदेश बोर्डले १० लाख रुपैयाँ दिने भएको कार्यक्रम संयोजक राम दाहालले बताए ।

यसअघि पहिलो संस्करण २०७८ फागुन २७ र २८ गते आयोजना गरिएको थियो । त्यस प्रतियोगिताको उपाधि विकास तामाङले जितेका थिए । बडी विल्डिङ च्याम्पियनसिपको फाइनलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी तामाङले उपाधि हात पारेका थिए ।

पहिलो संस्करणभन्दा दोस्रो संस्करणमा पुरस्कारको राशि बृद्धि गरिएको बडी ग्यारेजका सचिव राजेश गिरीले बताए ।कार्यक्रममा बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी , भद्रपुर झापा गोल्डकपका आदित्य पराजुली , गोमेन्द्र कलेजका उत्तम खनाल , बिर्तामोड नगर खेलकुद विकास समितिका सदस्य बिकी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago