जापान । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जापानमा नेपालको बालश्रमको बारेमा बुझ्ने र समाधानका उपाय बारे बहस कार्यक्रम हुने भएको छ।
बालश्रम अन्त्य र बालबालिकाहरुको नैसर्गिक अधिकार प्राप्तिको लागि जापानी संस्था साप्लानीरले जुन २३ नेपालको बालश्रम र समाधानको उपायको बारेमा भर्चुअल कार्यक्रम गर्न लागेको हो ।
लामो समय देखि नेपालको बालश्रम न्यूनीकरणमा विभिन्न कार्यक्रम गर्दै आएको जापानी गैरसरकारी संस्था साप्लानीरले बिश्व बालश्रम विरुद्ध दिबस लको अवसर जुन २३ तारिख जापानी समय अनुसार बेलुका ७ बजेबाट ‘नेपालमा बालश्रमको वर्तमान अवस्था र न्यूनीकरणका उपायहरु’ का बारेमा अनलाइन कार्यक्रम योजना गर्न गएको उक्त संस्थामा कार्यरत अफिस स्टाफ सुदीप दाहालले जानकारी दिनुभयो ।
कार्यक्रम जापानी र नेपाली भाषामा हुनेछ भने कार्यक्रममा नेपालको बालश्रम न्यूनीकरण का बारेमा हाम्रो भूमिकाको बारेमा बहस गर्न सकिने कार्यक्रम संयोजक साप्लानिर टोकियो अफिस स्टाफ दाहालले बताउनु भयो।
अफिस स्टाफ दाहाल उनै स्टाफ हुन् जो यस वर्ष बेस्ट न्युकमर अवार्ड मार्फत सम्मानित भएका थिए।
नेपालमा बालबालिकाको वर्तमान अवस्थाको बारेमा संस्थाका नेपाल परियोजनाका प्रमुख सृजना श्रेष्ठले जानकारी दिनु हुने र बालश्रम रोक्ने बारे बहस, समाधानका उपाय बारे अन्तरक्रिया गरिने संस्थाले जनाएको छ ।
जापानमा बसोबास गर्ने नेपालीहरुका लागि पनि आफ्नो देशका बालबालिकाहरुको सुन्दर भबिस्य निर्माणमा सहयोग गर्ने अवसर हुन सक्छ। आउनुहोस हामी सबै मिलेर नेपालको बालश्रम न्यूनीकरणमा सहभागी बनौ, कार्यक्रममा सहभागी हुनका लागि यो फर्मबाट आबेदन दिन सक्नुहुनेछ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…