नेपालमा बालश्रमको अवस्था बारे जापानी गैरसरकारी संस्था साप्लानीरले अन्तरक्रिया गर्दै

जापान । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जापानमा नेपालको बालश्रमको बारेमा बुझ्ने र समाधानका उपाय बारे बहस कार्यक्रम हुने भएको छ।

बालश्रम अन्त्य र बालबालिकाहरुको नैसर्गिक अधिकार प्राप्तिको लागि जापानी संस्था साप्लानीरले जुन २३ नेपालको बालश्रम र समाधानको उपायको बारेमा भर्चुअल कार्यक्रम गर्न लागेको हो ।

लामो समय देखि नेपालको बालश्रम न्यूनीकरणमा विभिन्न कार्यक्रम गर्दै आएको जापानी गैरसरकारी संस्था साप्लानीरले बिश्व बालश्रम विरुद्ध दिबस लको अवसर जुन २३ तारिख जापानी समय अनुसार बेलुका ७ बजेबाट ‘नेपालमा बालश्रमको वर्तमान अवस्था र न्यूनीकरणका उपायहरु’ का बारेमा अनलाइन कार्यक्रम योजना गर्न गएको उक्त संस्थामा कार्यरत अफिस स्टाफ सुदीप दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम जापानी र नेपाली भाषामा हुनेछ भने कार्यक्रममा नेपालको बालश्रम न्यूनीकरण का बारेमा हाम्रो भूमिकाको बारेमा बहस गर्न सकिने कार्यक्रम संयोजक साप्लानिर टोकियो अफिस स्टाफ दाहालले बताउनु भयो।

अफिस स्टाफ दाहाल उनै स्टाफ हुन् जो यस वर्ष बेस्ट न्युकमर अवार्ड मार्फत सम्मानित भएका थिए।

नेपालमा बालबालिकाको वर्तमान अवस्थाको बारेमा संस्थाका नेपाल परियोजनाका प्रमुख सृजना श्रेष्ठले जानकारी दिनु हुने र बालश्रम रोक्ने बारे बहस, समाधानका उपाय बारे अन्तरक्रिया गरिने संस्थाले जनाएको छ ।

जापानमा बसोबास गर्ने नेपालीहरुका लागि पनि आफ्नो देशका बालबालिकाहरुको सुन्दर भबिस्य निर्माणमा सहयोग गर्ने अवसर हुन सक्छ। आउनुहोस हामी सबै मिलेर नेपालको बालश्रम न्यूनीकरणमा सहभागी बनौ, कार्यक्रममा सहभागी हुनका लागि यो फर्मबाट आबेदन दिन सक्नुहुनेछ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago