बिर्तामोड । बिर्तामोड ५ स्थित टावर टेम्पल अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल नरेशमान धिमालको निधनमा बिर्तामोडका विद्यालयहरुले भोलि शोक विदा दिने भएका छन् ।
प्याब्सन झापाका पूर्व जिल्ला सल्लाहकार एवं बिर्तामोड प्याब्सनका वर्तमान कोषाध्यक्षसमेत रहेका धिमालको गत कात्तिक २९ गते ६५ वर्षको उमेरमा निधन भएको हो । नगर प्याव्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल र सचिव सुरेन्द्र खरेलले एक सूचना जारी गरी बिर्तामोड प्याब्सनअन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयमा मंसिर ५ गते मंगलबार एकदिनका लागि शोक बिदा गर्ने निर्णय गरिएको जनाएका छन् ।
साथै मंसिर ५ गते टावर टेम्पल विद्यालयमा सम्पूर्ण संस्थागत विद्यालयका संचालकहरु समवेदना पत्रसहित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने निर्णय गरिएको अध्यक्ष खनालले जनाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…