संस्थापक प्रिन्सिपल धिमालको निधनमा बिर्तामोडका विद्यालयमा भोलि शोक बिदा

२०८०, ४ मंसिर सोमबार २०:१८

बिर्तामोड । बिर्तामोड ५ स्थित टावर टेम्पल अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल नरेशमान धिमालको निधनमा बिर्तामोडका विद्यालयहरुले भोलि शोक विदा दिने भएका छन् ।

प्याब्सन झापाका पूर्व जिल्ला सल्लाहकार एवं बिर्तामोड प्याब्सनका वर्तमान कोषाध्यक्षसमेत रहेका धिमालको गत कात्तिक २९ गते ६५ वर्षको उमेरमा निधन भएको हो । नगर प्याव्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल र सचिव सुरेन्द्र खरेलले एक सूचना जारी गरी बिर्तामोड प्याब्सनअन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयमा मंसिर ५ गते मंगलबार एकदिनका लागि शोक बिदा गर्ने निर्णय गरिएको जनाएका छन् ।

साथै मंसिर ५ गते टावर टेम्पल विद्यालयमा सम्पूर्ण संस्थागत विद्यालयका संचालकहरु समवेदना पत्रसहित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने निर्णय गरिएको अध्यक्ष खनालले जनाएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु