आमाको मुखहेर्ने दिन, माता औंशी

प्रकाश न्यौपाने, पाल्पा

२०८० साल बैशाख ७ गते बिहिवार अमावाश्या , मातातिर्थस्नान” आज विशेष आमाको मुख हेर्ने अर्थात अौशिलाइ पितृको तिथि मानिन्छ । बैदिक सनातन धर्म ग्रन्थमा “जननी जन्मभुमिश्व स्वर्गादपि गरियसी ”
अर्थात जन्मदिने आमा र जन्मभुमिको महत्त्व दर्शाएको छ । सन्तान लाई नौ महिना सम्म धारण गरि जिबनदिने भएकोले आमाको महत्त्व अरुभन्दा धेरै छ । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात गुरुआमा समेत हुन्छिन ।

शास्त्रमा उल्लेख गरे अनुसार प्रत्येक नरनारिले जिबनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नेपर्छ भनीएको छ ।
पितृ ऋण तिर्न मातापितालाई जिवित हुदा सम्मान पुर्वक खुशि राख्ने र मृत्युपश्यात श्राद्दपुर्वक श्राद्द गर्नुपर्ने शास्त्रीय बिधान छ।

“कुपुत्राे जायते क्वचिदपि कुमता न भवति ”
छोराछोरी नराम्रा भएपनि सबैलाई सन्तानका रुपमा माया गर्छिन । बैशाखकृष्ण अौशिका दिन मनाइने आमाको मुख हेर्नेपर्व आज जन्मदिने आमालाई मिठा मिठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइन्छ । विशेष आमा बाबा नभएकाहरुले आजको दिन गङ्गा वा तलाउमा गइ स्नानगरि आमाबाबालाई तर्पण र पिnडसहित श्राद्द तथा पुरोहितलाई सिदादान सहित भोजन गराइ , पितृसुतक रामगिता पाढ गरि पितृको दिवङ्गत आत्मको कामना गर्दै आशीर्वाद माग्न सकिन्छ ।
त्यसमा अझ अौशिमा जन्मेको छ भनी त्यसको निवारण गर्नको लागि गाइलाई चना गुण खुलाउनि र अौशि दोष निवारण गर्न सकिन्छ।
बाबा आमालाई आश्रम होईन न्यानो माया दिनसक्नुपर्छ फेसबुक र टिकटकमा फोटाे पोस्ट गरेर मात्र आमा बाबाको सम्मान हुदैन। त्यसकारण आमाबाबा भन्ने शब्द नै आफैमा कति महत्त्व छ भन्ने बुझ्न अति जरुरी छ ।। ॐ !!

सम्पूर्ण आमाहरुलाइ नमन !!
आमाको मुख हेर्ने दिन सम्पूर्णलाई शुभकामना ।।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago