जापान । अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजित, निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा,शिविर वैशाख ८ र ९ गते ढोला स्वास्थ्य चौकिमा संचालन हुँदैछ ।
विभिन्न पेशा/ व्यवसाय तथा अध्ययनका शीलशीलामा विश्वभर छरिएर रहेका धादिङेलीहरुको संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा हुने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ।
समाजले यहि वैशाख ८ र ९ गते धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित ढोला स्वास्थ्य चौकिमा संचालन हुने निःशुल्क विशेज्ञ स्वास्थ्य शिविरको अन्तिम पुरा भएको जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालका अनुसार,यस निःशुल्क स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा. सरिता सिटौला,महिला रोग असिस्टेन्ट कन्चन न्यौपाने
,दन्त रोग विशेषज्ञ डा. दिलिप प्रजापति,जनरल सर्जन डा. गरखनाथ मिश्र,छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराई ,जनरल फिजिसियन डा. अमरिश थापा ,प्रो.डा. सिताराम श्रेष्ठ,डा. विनय भण्डारी,डा. निशा भट्ट ,फर्मासिस्ट श्रावन महत रेजिस्टर नर्स सृयाँका सापकोटा,रेजिस्टर नर्स मालिका जिरेल रेजिस्टर नर्स पुजा गाउरो र ल्याब टेक्निसियन आस्था महत्तो लगायतका विशेषज्ञ टोलिहरुले सेवा प्रदान गर्नेछन्।
अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठका अनुसार,समाजले आफ्नो पहिलो स्वास्थ्य शिविरको रुपमा,संचालन गर्न गइरहेको शिविरले त्यस क्षेत्रका धेरै विरामीहरुलाइ उपचारमा सहजता दिलाउने अपेक्षा गरिएको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…