अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजित, निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा ।

जापान । अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजित, निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा,शिविर वैशाख ८ र ९ गते ढोला स्वास्थ्य चौकिमा संचालन हुँदैछ ।

विभिन्न पेशा/ व्यवसाय तथा अध्ययनका शीलशीलामा विश्वभर छरिएर रहेका धादिङेलीहरुको संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा हुने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ। 

समाजले यहि वैशाख ८ र ९ गते धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित ढोला स्वास्थ्य चौकिमा संचालन हुने निःशुल्क विशेज्ञ स्वास्थ्य शिविरको अन्तिम पुरा भएको जानकारी दिएको हो । 

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालका अनुसार,यस निःशुल्क स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा. सरिता सिटौला,महिला रोग असिस्टेन्ट कन्चन न्यौपाने 

,दन्त रोग विशेषज्ञ डा. दिलिप प्रजापति,जनरल सर्जन डा. गरखनाथ मिश्र,छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराई ,जनरल फिजिसियन डा. अमरिश थापा ,प्रो.डा. सिताराम श्रेष्ठ,डा. विनय भण्डारी,डा. निशा भट्ट ,फर्मासिस्ट श्रावन महत रेजिस्टर नर्स सृयाँका सापकोटा,रेजिस्टर नर्स मालिका जिरेल रेजिस्टर नर्स पुजा गाउरो र ल्याब टेक्निसियन आस्था महत्तो लगायतका विशेषज्ञ टोलिहरुले सेवा प्रदान गर्नेछन्।

अन्तर्राष्ट्रिय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठका अनुसार,समाजले  आफ्नो पहिलो स्वास्थ्य शिविरको रुपमा,संचालन गर्न गइरहेको शिविरले त्यस क्षेत्रका धेरै विरामीहरुलाइ उपचारमा सहजता दिलाउने अपेक्षा गरिएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago