हजारौँका आँखाको ज्योति फर्काएका डा. रुइतलाई १० लाख डलर राशिको ‘इसा अवार्ड’

मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पुर्‍याएबापत वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर (करिब १३ करोड रुपैयाँ)
 राशिको प्रतिष्ठित ‘इसा अवार्ड’बाट सम्मानित हुने भएका छन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले मंगलबार रुइतको नाम  छनोट गरेर
अवार्ड दिने घोषणा गरेको हो । 

यो सम्मानले तिलगंगा आँखा प्रतिष्ठान र नेपालकै प्रतिष्ठा बढाएको छ : डा. सन्दुक रुइत वरिष्ठ आँखारोग विशेषज्ञ

जिन्दगीभर एकोहोरो काम गर्दा फल पाइँदोरहेछ । यसअघि ५–६ वटा अवार्ड पाएको छु, तर मैले जिन्दगीमा अहिलेसम्म पाएको सबैभन्दा ठूलो अवार्ड यही हो । एकाग्र काममा लागिरहँदा कसै न कसैले हेरेको हुँदोरहेछ । यसले तिलगंगा आँखा प्रतिष्ठान र नेपालको प्रतिष्ठा बढाएको छ ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको इसा अवार्ड सन् २०१३ देखि प्रदान गर्न सुरु भएको थियो । संसारमा उत्कृष्ट मानव सेवा गर्ने र मानव जीवन रक्षाका लागि लड्नेलाई यो अवार्ड हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

हजारौँ मानिसको गुमेको आँखाको ज्योति फर्काएका डा. रुइत तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने उनी नै पहिलो व्यक्ति बन्नेछन् । पाँचौँ संस्करणअन्तर्गत रुइतलाई आगामी फेब्रुअरीमा अवार्डसहित गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ले मंगलबार अवार्ड घोषणा गर्दै अन्धोपन निवारणका लागि डा. रुइतको प्रभावकारी भूमिका रहेको बताएको छ । मानवीय कल्याणका लागि लामो समयदेखि काम गरेकाले रुइतलाई नै अवार्ड दिन लागिएको संस्थाले जनाएको छ । संसारमै प्रतिष्ठित अवार्डबाट आफू सम्मानित हुने निर्णयले तिलगंगा आँखा प्रतिष्ठान र नेपालको प्रतिष्ठा बढाएको डा. रुइतले बताए ।

यसरी भए छनोट
इसा अवार्डमा भाग लिन एक सय ३९ व्यक्ति र विभिन्न संघसंस्था छनोटमा परेका थिए । छनोट समितिले सर्टलिस्टमा ६ व्यक्ति/संस्थालाई छनोट गरेको थियो । जसमा डा. रुइतसँगै बंगलादेशको फ्रेन्डसिप एनजिओ, अमेरिकास्थित मर्सी सिप, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी र स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसनको नाम छनोट भएको थियो ।

समितिले सबैमध्येबाट अध्ययन–अनुसन्धान गरेर डा. रुइतलाई अवार्ड दिने निर्णय गरेको हो । यसअघि रुइतले सन् २००६ मा मलेसियाको रोमन म्याग्सेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा पद्मश्री अवार्ड (भारत सरकारले दिने), फिलिपिन्स क्यासिसीलगायत अवार्ड पाएका थिए ।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago