जिल्लाभर बिजुली अबरुद्ध हुने

२०७९, ५ माघ बिहीबार ०७:१२

पाल्पा । जिल्लाभरिको विद्युत प्रशारण अवरुद्ध हुने भएको छ । बतासेडाडा सबस्टेसनको पावर टान्सफर्मर बदली गर्ने काम भएकाले विद्युत अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले प्रकाशन गरेको सूचना अनुसार पश्चिम फिडर ११ केभि, बजा र, पूर्व तथा पश्चिम फिडरकाे लाइनमा आवस्यकता अनुसार आज विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पावर टान्सफर्मर बदली गर्ने काम भएकाले विद्युत अवरुद्ध हुने उलेख छ ।

पाल्पाको बिजुली झ्याप्प-झ्याप्प जाने र आउने समस्याले सर्वसाधारण आजित भैसकेका छन । यस बिसयमा सम्बन्धित निकायको ध्यान जान आवस्यक छ ।

Comments

ताजा खबर