युरोपको सबैभन्दा उपयुक्त कार ठहरियो बीवाईडी डल्फिन ईभी

काठमाडौं । बीवाईडीको पछिल्लो मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप २०२४’ अर्थात् (यो वर्ष युरोपमा खरिद गर्नका लागि उत्कृष्ट कार) अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरू मध्ये उत्कृष्टलाई प्रदान गरिंदै आइएको छ ।

उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पार्ने क्रममा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको थियो । जसमा हुन्डाई कोना दोस्रो स्थानमा र तेस्रो स्थानमा जिपको एभेन्जर छन् ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो । त्यसका लागि युरोपभरका ३१ देशबाट आएका अटो क्षेत्रका ३१ जना पत्रकारहरूको जुरीले मतदान गरी डल्फिनलाई अवार्ड दिएका हुन् ।

उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधिको प्रयोग भएको पूर्ण कारको संज्ञा दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसै आधारमा डल्फिनले २०.०५७ अङ्क सहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको हो ।

जुरीले बीवाइडीको मोडललाई ‘बेस्ट बाई कार अफ युरोप २०२४  अवार्ड दिएको यो नै पहिलो पटक हो । अवार्ड दिएपछि अटोबेस्टका अध्यक्ष भान भार्डीले भनेका छन्, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ ।

हामीले दशककै सन्तुलित अटो बेस्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रूपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’

जुरीले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायी, ड्राइभिङको आनन्दलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेस पाउन सकिने भएकाले यो गाडीले धेरैलाई लोभ्याइरहेको हुन्छ ।

अर्को विशेषता भनेको यसको मूल्य पनि हो । नेपालमा केवल ३९ लाख ८० हजार रुपैयाँमा डल्फिन खरिद गर्न पाइन्छ । बेस्ट बाई कार अफ युरोपको यो २३ औं संस्करण हो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago