बिर्तामोड, बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।यस कार्य लाई सार्थकता दिन बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको विराटपोखरीमा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको सक्रियतामा सम्पुर्ण युवाहरु, प्रहरी साथी नगर प्रहरी साथी स्थानिय बासीहरुको सहयोगमा ५६ वटा बृक्ष रोपण गरिएको छ ।
केही साताअघि मात्र विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनु भएको थियो । वातावरण स्वच्छ र हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भएको थियो ।
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नारा लाई सार्थकता दिन आजै वृक्षारोपण गरिरहँदा पोखरीमा भएको प्लास्टिकजन्य फोहोरलाई पनि सरसफाई गरिएको छ।
ऐतिहासिक विराटपोखरीको सौन्दर्यतामा थप टेवा दिँदै विश्व पर्याबरणमा भएको परिवर्तनमा पनिवृक्षरोपणले सहयोग गर्ने सहभागी कृष्ण उप्रेतीले जानकारी दिए ।
वडा नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन्
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…