ऐतिहासिक विराटपोखरीमा बृक्ष रोपण गरि प्लास्टिकजन्य फोहोर सरसफाई

२०८०, ३ असार आईतवार ०६:४१

बिर्तामोड,  बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्न र हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना छ ।यस कार्य लाई सार्थकता दिन बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको विराटपोखरीमा  वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीको सक्रियतामा सम्पुर्ण युवाहरु, प्रहरी साथी नगर प्रहरी साथी स्थानिय बासीहरुको सहयोगमा ५६ वटा बृक्ष रोपण गरिएको छ ।

केही साताअघि मात्र विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताउनु भएको थियो । वातावरण स्वच्छ र हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उहाँले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गर्नु भएको थियो ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नारा लाई सार्थकता दिन आजै वृक्षारोपण गरिरहँदा  पोखरीमा भएको प्लास्टिकजन्य फोहोरलाई पनि सरसफाई गरिएको छ।

ऐतिहासिक विराटपोखरीको सौन्दर्यतामा थप टेवा दिँदै विश्व पर्याबरणमा भएको परिवर्तनमा पनिवृक्षरोपणले सहयोग गर्ने सहभागी कृष्ण उप्रेतीले जानकारी दिए ।

वडा नम्बर ३ का वडाअध्यक्ष बुढाथोकीले जनप्रतिनीधी स्थानीय बासी आम नेपाली सम्पुर्ण भएर  रोपण गरेको वृक्षलाई लाई संमरक्षण गरौ भनी अपिल गरेका छन्

 

Comments

ताजा खबर