कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको “तीज फेस्टिवल” को सबै तयारी पूरा ।

जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको संयुक्त आयोजनामा सोमवार गर्न लागिएको “तीज फेस्टिवल” को सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।

टोकियोको कामतामा रहेको चर्चित नेपाली रेष्टुरेन्ट चौतारो रेष्टुरेन्टको साझेदारितामा हुन लागेको सो महोत्सवको सह-आयोजकमा नवलपुर समाज-जापान र भिजिट नवलपुर रहेका छन् ।
कार्यक्रममा नेपाली गीत-संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा के.सी., अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहने कोकोरोका संचालक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।
विभिन्न कारणबाट विदेशमा रहेको भएपनि नेपाल अनि नेपालीहरूको धर्म, कला, संस्कृति अनि रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ आउँदो सेम्टेम्बर १८ तारिक (असोज १ गते) सोमबारका हरितालिका तीजको दिनमा नै योकोहामाको हिगासी कानागावाको कानक हलमा तीज फेस्टिवलको आयोजना गरिएको कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
“यस पटकको तीज महोत्सवमा सहभागिताका लागि कानागावा, योकोहामा र यस आसपासमा रहनु भएका नेपाली समुदायबाट प्राप्त जिज्ञासा अनि सम्पर्कले निकै उत्साहित बनाएको छ”, कोकोरोका संचालक खेमराज पौडेल भन्छन्,”नेपाली संस्कृति अनि परम्परालाई जगेर्ना गरिरहने हाम्रो यो तीज विशेष सांगीतक महोत्सवलाई सबै किसिमले सभ्य अनि भव्य बनाउनका लागि तयारीपनि उस्तैगरी गरिरहेका छौं ।”
“सकेसम्म धेरै जना नेपाली दिदी,बहिनी र दाजु-भाईहरूको सहभागिता हुन सकोस् भन्ने चाहनाका साथ जापानको पनि सार्वजनिक विदाको दिन पारेर तीज फेस्टिवलको आयोजना गरेका हौं”, कोकोरोका अर्का संचालक अमित सापकोटाले भने,”पहिला हामीले बनाएको सोंचमा विस्तारै-विस्तारै अन्य संघसंस्था र ब्यवसायिक प्रतिष्ठानहरूपनि जोडिनु भएकोले गौरवको अनूभूतिपनि भईरहेको छ ।”
तीजको विशेष दिनमा नै आयोजना गरिएको र जापानमा समेत सार्वजनिक विदा भएको दिन अनि बेलुकीको कार्यक्रम भएकाले पायक पर्ने स्थानबाट सबै विशेषगरी नेपाली समुदायलाई सहभागिताका लागि आव्हान गर्दै आयोजकहरूले अहिलेसम्म सम्पर्क र चासोका हिसाबले सहभागीहरूका लागि स्थान अभावपनि हुन सक्ने भएकाले सकेसम्म ५ः३० बजे अघि नै कार्यक्रमस्थलमा प्रवेश गरिदिनका लागि अनुरोधपनि गरेका छन् ।
सो तीज महोत्सवमा सहभागिताका लागि भिआईपी १ मान येन र साधारण १ हजार येन टिकट दर कायम गरिएको आयोजकले जानकारी दिएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago