कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको “तीज फेस्टिवल” को सबै तयारी पूरा ।

जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको संयुक्त आयोजनामा सोमवार गर्न लागिएको “तीज फेस्टिवल” को सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।

टोकियोको कामतामा रहेको चर्चित नेपाली रेष्टुरेन्ट चौतारो रेष्टुरेन्टको साझेदारितामा हुन लागेको सो महोत्सवको सह-आयोजकमा नवलपुर समाज-जापान र भिजिट नवलपुर रहेका छन् ।
कार्यक्रममा नेपाली गीत-संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा के.सी., अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहने कोकोरोका संचालक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।
विभिन्न कारणबाट विदेशमा रहेको भएपनि नेपाल अनि नेपालीहरूको धर्म, कला, संस्कृति अनि रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ आउँदो सेम्टेम्बर १८ तारिक (असोज १ गते) सोमबारका हरितालिका तीजको दिनमा नै योकोहामाको हिगासी कानागावाको कानक हलमा तीज फेस्टिवलको आयोजना गरिएको कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
“यस पटकको तीज महोत्सवमा सहभागिताका लागि कानागावा, योकोहामा र यस आसपासमा रहनु भएका नेपाली समुदायबाट प्राप्त जिज्ञासा अनि सम्पर्कले निकै उत्साहित बनाएको छ”, कोकोरोका संचालक खेमराज पौडेल भन्छन्,”नेपाली संस्कृति अनि परम्परालाई जगेर्ना गरिरहने हाम्रो यो तीज विशेष सांगीतक महोत्सवलाई सबै किसिमले सभ्य अनि भव्य बनाउनका लागि तयारीपनि उस्तैगरी गरिरहेका छौं ।”
“सकेसम्म धेरै जना नेपाली दिदी,बहिनी र दाजु-भाईहरूको सहभागिता हुन सकोस् भन्ने चाहनाका साथ जापानको पनि सार्वजनिक विदाको दिन पारेर तीज फेस्टिवलको आयोजना गरेका हौं”, कोकोरोका अर्का संचालक अमित सापकोटाले भने,”पहिला हामीले बनाएको सोंचमा विस्तारै-विस्तारै अन्य संघसंस्था र ब्यवसायिक प्रतिष्ठानहरूपनि जोडिनु भएकोले गौरवको अनूभूतिपनि भईरहेको छ ।”
तीजको विशेष दिनमा नै आयोजना गरिएको र जापानमा समेत सार्वजनिक विदा भएको दिन अनि बेलुकीको कार्यक्रम भएकाले पायक पर्ने स्थानबाट सबै विशेषगरी नेपाली समुदायलाई सहभागिताका लागि आव्हान गर्दै आयोजकहरूले अहिलेसम्म सम्पर्क र चासोका हिसाबले सहभागीहरूका लागि स्थान अभावपनि हुन सक्ने भएकाले सकेसम्म ५ः३० बजे अघि नै कार्यक्रमस्थलमा प्रवेश गरिदिनका लागि अनुरोधपनि गरेका छन् ।
सो तीज महोत्सवमा सहभागिताका लागि भिआईपी १ मान येन र साधारण १ हजार येन टिकट दर कायम गरिएको आयोजकले जानकारी दिएका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago