जापानमा तेतोतेतो एप सञ्चालनमा, दैनिक खाद्यान्न सामान सहजै रूम सम्म पुग्ने विश्वास ।

टोकियो । जापानमा बसोबास गरिरहनु भएका नेपाली लाई  लक्षित गरि एक किनमेल एप्लिकेसन सञ्चालन गरिएको छ ।

जापानमा नेपाली लगायत बिभिन्न समुदायलाई किनमेल गर्न सहजता प्रदान गर्ने उदेश्यले तेतो तेतो (teto teto) एप सञ्चालन गरेको बताईएको छ । 

जापानमा आज पत्रकार सम्मेलन गरेर एप मार्फत जापानको जुनसुकै स्थानमा पनि नेपालि खाध्यन्न सामाग्रि अनलाईन मार्फत  किनमेल गर्न सकिने कम्पनिका कार्यकारी निर्देशक तोरु मियाजावाले जानकारी दिनुभयो ।

साबिक आशा बजार नामबाट सञ्चालित एपलाई थप व्यवस्थित र दैनिक जिवनका आवश्यक सम्पुर्ण सामानलाई एकत्रित गरि थप सहज तरिकाले किनमेल गर्न सकिने गरि नयाँ रुपमा सञ्चालन गरिएको हो । 

ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार क्रेडिटकार्ड, कम्बिनियल स्टोर्स, नगदमा रकम भुक्तान गर्न सक्ने आशिस मानान्धरले जानकारी दिनुभयो । उहाँका अनुसार तेतो तेतो (teto teto) मार्फत जापानमा सञ्चालित विभिन्न हलाल फुडको सामानको गुणस्तर तथा मुल्य तुलना गरि किनमेल गर्न सकिने छ ।

एपका साथै नेपाली समुदायलाई सहजता प्रदान गर्नका लागि जापानमा काम गरि फिर्ता भएकाहरुको पेन्सन रकम फिर्ता सम्बन्धि सहयोग समेत गर्ने माया ओगासावाराले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनको सञ्चालन प्रिया श्रेष्ठले गर्नुभएको थियो भने जापानमा उपलब्ध नेपाली सञ्चारमाध्यमका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago