सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा घिमिरे

काठमाडौं ।  सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको  अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् । शनिवार भक्तपुरमा  सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद न्यौपाने, दिपक प्रसाद उप्रेती, मछिन्द्र न्यौपाने, उमेश पराजुली रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद माधव सापकोटा (सुबोध)ले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै नीति नियम र विधानलाई अनुशरण गर्दै अगाडि बढ्न आग्रह गरे । उनले आफ्नो काम कर्तव्य प्रती सचेत रहँदै प्रवासमा रहेका नेपालीको हकहित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।साथै सिन्धुपाल्चोकमा धेरै सम्भावनाहरू रहेका र तिनीहरूलाई पहिचान गरि विकासमा जोड्न समाजले काम गर्नु पर्ने सुझाब दिए । 

कार्यक्रममा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपानेले समाज गठन र यसका उद्देश्यका बारे प्रष्ट्याएका थिए ।त्यसैगरी साहित्यकार चन्द्र प्रसाद न्यौपाने तथा सामाजिक व्यक्तित्व तारा प्रसाद पौडेलले समाजलाई सहज रुपमा अगाडि बढाउन सबैलाई समेट्नु पर्ने बताए । बरिष्ठ पत्रकार तथा कान्तिपुरकर्मी ऋषिराम पौडेलले समाज जन्माउन सजिलो भए पनि काम गर्न कठिन हुने प्रति सचेत पार्दै गाउँगाउँ पुगेर सचेतना फैलाउने कामहरु गर्न सुझाब दिए । 

त्यसै गरी सुनकोशी क्याम्पस प्रमुख कृष्ण आचार्यले समाजलाई विद्यार्थीहरू सम्म सचेतना पुर्‍याउन सुझाब दिए । टुकी संघका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेलले सबै पक्षलाई समेट्न सुझाब दिए । कार्यक्रममा कानुन व्यवसायी रामहरि नेपालले कानुनी सहजताका लागी आफूले सहयोग गर्ने बताए । सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजकी सदस्य कृति गोलेले महिला बेच बिखन र उद्धारमा कठिनाइका बारे आफ्नो अनुभव सुनाइन ।     

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विशिष्ट कलाकार, साहित्यकार, पत्रकार, व्यवसायी समाजसेवी  विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका र प्रवासबाट फर्केकाहरूको सहभागिता रहेको थियो । कार्यक्रम सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका उपाध्यक्ष तथा भेला संयोजक माधव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई संस्थाका महासचिव उत्सव खड्का र सचिव हरि दुलालले संचालन गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago