बालेन्द्र शाहको आक्रोश: भ्रष्टाचार गर्ने नेतालाई बागमतीमा चोपल्नूस्

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भष्ट्राचार गर्ने नेता र भ्रष्टाचार विरोधका आन्दोलन गर्ने नेताहरूप्रति आक्रोश पोखेका छन्।

मेयर शाहले शनिबार काठमाडौँ तथा देशका विभिन्न ठाउँमा गरिएका भष्ट्राचार विरोधी आन्दोलनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन्।यस्ताखालका आन्दोलनहरू आफूले पहिलेदेखिनै देखेको र यसबाट केही परिवर्तन नआएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई बागमतीमा लगेर चोपाल्नुपर्ने बताए।

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नूस’,  सामाजिक सञ्जालमा बालेन लेख्छन्, ‘यस्तो सडक नाटक धेरै देखि‍सक्यो हाम्ले। पत्याउदिनँ म चाहिँ। ‍तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला शीर्ष राजनीतिक दलका शीर्ष नेताहरू पनि जोडिँदै गएपछि यो विषयको चर्चा चुलिँदै गएकाे छ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छो‍रा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रस नेता बालकृष्ण खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जनालाई पक्राउ गरेको छ।

यता, सोही प्रकरणमा पक्राउ पूर्जी जारी गरेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago