फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया

बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा भएको महासंघको अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) र हिमाल खरेलले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै मुखिया सर्वसम्मत अध्यक्ष चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

बिर्तामोडमा भएको महासंघको दोस्रो अधिवेशनबाट मुखियाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, सचिव नरेश खरेल, सहसचिव भारती राई र कोषाध्यक्षमा शरद जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरु लोकेश अधिकारी, विगम श्रेष्ठ, विष्णु श्रेष्ठ र दिपेन्द्र कटुवाल चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खट्ने अन्य पदाधिकारी तथा सदस्यका साथै सम्बन्धित सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष मुखियाले निर्वाचन मण्डललाई धन्यवाद दिए ।

निर्वाचन मण्डलमा संयोजक निरौलासहित पुष्प खड्का र भूमिका सुब्बा रहेका थिए । मुखियाले आफूलाई इलामबाट झापा ल्याएर यो स्थानसम्म पुर्याउने आफ्ना स्वर्गीय दाजु काजीमान मुखियाको स्मृतिमा फोटो पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गरे ।
महासंघले साधारणसभा हुनुभन्दा अघि फोटो पत्रकारिता तालिम आयोजना गरेको थियो ।

पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले फोटोको माध्यमबाट समाज रुपान्तरणका लागि सन्देश दिन सकिने बताइन् ।
कार्यक्रममा प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना रोदन, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । सदस्य अमित खम्बुले स्वागत गरेको कार्यक्रम सचिव विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago