बालेन्द्र शाहको आक्रोश: भ्रष्टाचार गर्ने नेतालाई बागमतीमा चोपल्नूस्

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भष्ट्राचार गर्ने नेता र भ्रष्टाचार विरोधका आन्दोलन गर्ने नेताहरूप्रति आक्रोश पोखेका छन्।

मेयर शाहले शनिबार काठमाडौँ तथा देशका विभिन्न ठाउँमा गरिएका भष्ट्राचार विरोधी आन्दोलनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन्।यस्ताखालका आन्दोलनहरू आफूले पहिलेदेखिनै देखेको र यसबाट केही परिवर्तन नआएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई बागमतीमा लगेर चोपाल्नुपर्ने बताए।

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नूस’,  सामाजिक सञ्जालमा बालेन लेख्छन्, ‘यस्तो सडक नाटक धेरै देखि‍सक्यो हाम्ले। पत्याउदिनँ म चाहिँ। ‍तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला शीर्ष राजनीतिक दलका शीर्ष नेताहरू पनि जोडिँदै गएपछि यो विषयको चर्चा चुलिँदै गएकाे छ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छो‍रा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रस नेता बालकृष्ण खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १२ जनालाई पक्राउ गरेको छ।

यता, सोही प्रकरणमा पक्राउ पूर्जी जारी गरेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भने फरार रहेका छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago