फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया

बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा भएको महासंघको अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) र हिमाल खरेलले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएसँगै मुखिया सर्वसम्मत अध्यक्ष चयन भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

बिर्तामोडमा भएको महासंघको दोस्रो अधिवेशनबाट मुखियाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णुप्रसाद लामिछाने, सचिव नरेश खरेल, सहसचिव भारती राई र कोषाध्यक्षमा शरद जोशी चयन भएका छन् ।

त्यस्तै सदस्यहरु लोकेश अधिकारी, विगम श्रेष्ठ, विष्णु श्रेष्ठ र दिपेन्द्र कटुवाल चयन भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र खट्ने अन्य पदाधिकारी तथा सदस्यका साथै सम्बन्धित सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष मुखियाले निर्वाचन मण्डललाई धन्यवाद दिए ।

निर्वाचन मण्डलमा संयोजक निरौलासहित पुष्प खड्का र भूमिका सुब्बा रहेका थिए । मुखियाले आफूलाई इलामबाट झापा ल्याएर यो स्थानसम्म पुर्याउने आफ्ना स्वर्गीय दाजु काजीमान मुखियाको स्मृतिमा फोटो पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गरे ।
महासंघले साधारणसभा हुनुभन्दा अघि फोटो पत्रकारिता तालिम आयोजना गरेको थियो ।

पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले फोटोको माध्यमबाट समाज रुपान्तरणका लागि सन्देश दिन सकिने बताइन् ।
कार्यक्रममा प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना रोदन, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । सदस्य अमित खम्बुले स्वागत गरेको कार्यक्रम सचिव विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago