जनकपुरधाम – मधेस प्रदेश सरकारले चार वर्षको अवधिमा सवारी साधनको मर्मत वापत १८ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा मधेस सरकारले सवारी साधन मर्मत खर्च वापत १८ करोड २० लाख १२ हजार १४३ रुपैयाँ खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वित्तिय प्रतिवेदन अनुसार २०७५/७६ मा सवारी साधन मर्मत खर्च वापत ३ करोड ३९ लाख २८ हजार २४१, आव २०७६/७७ मा ४ करोड ४ लाख ७७ हजार ६१८, आव २०७७/७८ मा ४ करोड ९२ लाख ६३ हजार ५१२ रुपैयाँ खर्च भएको छ।
यस्तै, गत आव २०७८/७९ मा ५ करोड ८३ लाख ४२ हजार ७७२ रुपैयाँ सवारी साधन मर्मत वापत खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…