‘नेपालमा वैदेशिक लगानी सन्तोषजनक छैन’ डेपुटी गभर्नर ढुंगाना

काठमाडौँ – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन्।

शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन्। उनले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायहरुले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन्।

उनले राष्ट्र बैंकले वैदेशिक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिइन्। उनले विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेको बताइन्।

गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको उनको भनाइ थियो। उनले आर्थिक वर्ष २०७८/७९मा १८ अर्ब ५६ करोड र २०७९/८०मा ७ अर्ब ७० करोड विदेशी लगानी आएको बताइन्।

उनले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको उल्लेख गरिन्। उनले विदेशी लगानीको लागि हेजिङ सुविधा नेपालमा लागू हुन सके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन्।

क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरुले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको उनको भनाइ थियो।

उनले क्रेडिट रेटिङ गर्ने कामको सुरुवात गर्न सम्बन्धित निकायहरुको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन्। उनले नेपाल राष्ट्र बैंक सधैँ यो विषयमा सकारात्मक रहेको बताइन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago