राष्ट्रपतिको सवारीका क्रममा नागरिकलाई सधैँ सास्ती

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार सुरक्षाकर्मीले नागरिकलाई लाठी लगाउँदै सडक खाली गराएपछि आक्रोश बढेको छ। नागरिक रुष्ट छन् भने दलका नेताहरुले पनि राष्ट्रपतिको सवारीको उक्त शैलीलाई गलत भनेका छन्।

राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने भन्दै सरकारले सधैँ सडक खाली गराउँदै आएको छ। शुक्रबार त सडक मात्रै अवरोध भएन, नागरिकमाथि लाठी चार्ज नै गरियो। व्यस्त सडक घण्टौँसम्म खाली गराउँदा बिरामी, विद्यालयका बालबालिका, कर्मचारी र सर्वसाधारणले वर्षौदेखि सास्ती खेप्दै आएका छन्।

सहज सवारी चलाउन पटक–पटक जनस्तरबाट माग भए पनि कसैले सुनेनन्। सहज बनाउनुको साटो थप निरंकुश बन्दै गएको नागरिकको गुनासो छ। सुरक्षा निकायले बेवास्ता गर्दै आए। बेवास्ता मात्रै नभइ शक्तिको आडमा नागरिकमाथि भौतिक आक्रमणमा नै उत्रिए।

विशिष्टको सवारीसम्बन्धी कार्यविधिमै नरहेको अभ्यास भएको टिप्पणी भएका छन्। सर्वसाधरणमा आक्रोश आउनु त स्वभाविक नै हो,  राजनीतिक वृत्तमा पनि विरोध भएको छ।

रामवरण यादवपछि राष्ट्रपति बन्ने अवसर पाएकी विद्यादेवी भण्डारीको कार्यकाल झन् विवादित र आलोचित छ। राष्ट्रपति कुनै दलमा आवद्ध भएको व्यक्ति भए पनि राष्ट्रपति बनेपछि दलीय आबद्धता त्याग्नुपर्छ। दलीय रंग देखाउन हुँदैन।

राष्ट्रपतिको कर्तव्य भनेको संविधानको संरक्षण गर्नु हो। कानुनी शासनलाई सुदृढ बनाउनु हो।तर पदीय मर्यादा र गरिमा नै गिराएको भन्दै आलोचना भएका छन्।

यस्तै, रामवरण यादव पनि कार्यकाल पूरा भएपछि पूर्वराष्ट्रपतिको हैसियत भुलेर कांग्रेसका कार्यक्रममा सक्रिय बने। फागुन २५ गते मुलुकले नयाँ राष्ट्रपति पाउँदै छ। दलहरुको खिचातानीबीच चयन हुने संविधानको संरक्षक पनि पुरानै राष्ट्रपतिकै पथमा हुन्छन् वा गल्तीबाट सिक्छन् त्यो व्यक्तिमा भर पर्छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago