राष्ट्रपतिको सवारीका क्रममा नागरिकलाई सधैँ सास्ती

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार सुरक्षाकर्मीले नागरिकलाई लाठी लगाउँदै सडक खाली गराएपछि आक्रोश बढेको छ। नागरिक रुष्ट छन् भने दलका नेताहरुले पनि राष्ट्रपतिको सवारीको उक्त शैलीलाई गलत भनेका छन्।

राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने भन्दै सरकारले सधैँ सडक खाली गराउँदै आएको छ। शुक्रबार त सडक मात्रै अवरोध भएन, नागरिकमाथि लाठी चार्ज नै गरियो। व्यस्त सडक घण्टौँसम्म खाली गराउँदा बिरामी, विद्यालयका बालबालिका, कर्मचारी र सर्वसाधारणले वर्षौदेखि सास्ती खेप्दै आएका छन्।

सहज सवारी चलाउन पटक–पटक जनस्तरबाट माग भए पनि कसैले सुनेनन्। सहज बनाउनुको साटो थप निरंकुश बन्दै गएको नागरिकको गुनासो छ। सुरक्षा निकायले बेवास्ता गर्दै आए। बेवास्ता मात्रै नभइ शक्तिको आडमा नागरिकमाथि भौतिक आक्रमणमा नै उत्रिए।

विशिष्टको सवारीसम्बन्धी कार्यविधिमै नरहेको अभ्यास भएको टिप्पणी भएका छन्। सर्वसाधरणमा आक्रोश आउनु त स्वभाविक नै हो,  राजनीतिक वृत्तमा पनि विरोध भएको छ।

रामवरण यादवपछि राष्ट्रपति बन्ने अवसर पाएकी विद्यादेवी भण्डारीको कार्यकाल झन् विवादित र आलोचित छ। राष्ट्रपति कुनै दलमा आवद्ध भएको व्यक्ति भए पनि राष्ट्रपति बनेपछि दलीय आबद्धता त्याग्नुपर्छ। दलीय रंग देखाउन हुँदैन।

राष्ट्रपतिको कर्तव्य भनेको संविधानको संरक्षण गर्नु हो। कानुनी शासनलाई सुदृढ बनाउनु हो।तर पदीय मर्यादा र गरिमा नै गिराएको भन्दै आलोचना भएका छन्।

यस्तै, रामवरण यादव पनि कार्यकाल पूरा भएपछि पूर्वराष्ट्रपतिको हैसियत भुलेर कांग्रेसका कार्यक्रममा सक्रिय बने। फागुन २५ गते मुलुकले नयाँ राष्ट्रपति पाउँदै छ। दलहरुको खिचातानीबीच चयन हुने संविधानको संरक्षक पनि पुरानै राष्ट्रपतिकै पथमा हुन्छन् वा गल्तीबाट सिक्छन् त्यो व्यक्तिमा भर पर्छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago