नेपाल बार एशोसिएसन झापाको अध्यक्षमा अधिबक्ता नारायणप्रसाद भट्टराई

भद्रपुर । नेपाल बार एशोसिएसन झापाको शनिवार सम्पन्न निर्वाचनबाट प्रगतिशील कानुन व्यवसायी एशोसिएसनका तर्फबाट अधिबक्ता नारायणप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् ।

कानुन व्यवसायी कालीप्रसाद संजेलले उम्मेदवारी दिएसंगै भट्टराई र संजेलबीच प्रतिस्पर्धा भएको हो । आगामी २ बर्षे कार्यकालका लागि गठित १३ सदस्यीय कार्यसमितिका लागि सम्पन्न मतदानबाट भट्टराई ९२.मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिष्पर्धी संजेलले २१ मत ल्याए ।

प्रगतिशील कानुन व्यवसायी संगठन र प्रजातान्त्रिक कानुन व्यवसायी संगठनबीचको सहमति अनुसार उपाध्यक्षमा प्रजातान्त्रिक समूहबाट भीम बराल , सचिवमा सन्तोषकुमार प्रसाई, सहसचिवमा कोपिला बस्नेत तथा सदस्यहरुमा भरत प्रसाई, सेमन्त मिश्र, पदम रिमाल र लक्ष्मीप्रसाद सिवाकोटीलाई निर्विरोध निर्वाचित गरिएको छ ।

यसैगरी प्रगतिशील कानुन व्यवसायी संगठनबाट कोषाध्यक्षमा दिपकप्रसाद निरौला तथा सदस्यहरुमा नारायणप्रसाद चौलागाई , राजेन्द्र खनाल, कविता बास्तोला र रुद्रबहादुर न्यौपानेलाई सर्बसम्मत चयन गरिएको छ । निर्वाचनमा .१ सय १७ मत खसेको र ४ मत बदर भएको झापा बारले जनाएको छ ।

झापा बारमा जम्मा १ सय ६३ जना कानुन व्यवसायी आवद्ध रहेका छन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago