भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन बिरोधी भावना भएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाको ४९ औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित व्यवस्थाका रूपमा रहेको प्रदेशको संरचना खारेजको माग गर्नेहरू पश्चगामी सोच भएको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरण गर्न नसकेकोमा लाजमर्दो भए पनि अब छिट्टै नामकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले रेडक्रस जस्तो मानवीय सेवाको पवित्र निकाय राजनीति खिचातानीमा पर्न नहुने भन्दै मुद्धामाथि मुद्धा गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने उल्लेख गरे ।
उनले नेपाल रेडक्रसकै उत्कृष्ट शाखाको पहिचान बनाएको झापा रेडक्रसको उन्नतिका लागि प्रदेश सरकारले सहकार्य गर्ने समेत बताए ।
रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षता तथा प्रदेश १ का मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेवतीरमण स्वयम्सेवा पुरस्कारबाट उत्कृष्ट रेडक्रसकर्मीका रूपमा रेडक्रस झापाका पूर्व उपसभापति दिव्यप्रसाद भूर्तेल, पूर्वमन्त्री नारायण ढुंगाना र तुलसी काफ्ले जनही नगद ११ हजारसहित पुरस्कृत भएका छन् ।
यस्तै उत्कृष्ट रक्तदाता सम्मानबाट वीरता लेडी जेसीज, तेरापुञ्ज युवा परिषद र विराट अर्जुन उपभोक्ता सहकारी संस्था सम्मानित भए भने रेडक्रसकर्मीकै रूपमा रहेकी लख्खीदेवी गणेश प्रदेश सभा सदस्य निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…