नेपाल बार एशोसिएसन झापाको अध्यक्षमा अधिबक्ता नारायणप्रसाद भट्टराई

भद्रपुर । नेपाल बार एशोसिएसन झापाको शनिवार सम्पन्न निर्वाचनबाट प्रगतिशील कानुन व्यवसायी एशोसिएसनका तर्फबाट अधिबक्ता नारायणप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् ।

कानुन व्यवसायी कालीप्रसाद संजेलले उम्मेदवारी दिएसंगै भट्टराई र संजेलबीच प्रतिस्पर्धा भएको हो । आगामी २ बर्षे कार्यकालका लागि गठित १३ सदस्यीय कार्यसमितिका लागि सम्पन्न मतदानबाट भट्टराई ९२.मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिष्पर्धी संजेलले २१ मत ल्याए ।

प्रगतिशील कानुन व्यवसायी संगठन र प्रजातान्त्रिक कानुन व्यवसायी संगठनबीचको सहमति अनुसार उपाध्यक्षमा प्रजातान्त्रिक समूहबाट भीम बराल , सचिवमा सन्तोषकुमार प्रसाई, सहसचिवमा कोपिला बस्नेत तथा सदस्यहरुमा भरत प्रसाई, सेमन्त मिश्र, पदम रिमाल र लक्ष्मीप्रसाद सिवाकोटीलाई निर्विरोध निर्वाचित गरिएको छ ।

यसैगरी प्रगतिशील कानुन व्यवसायी संगठनबाट कोषाध्यक्षमा दिपकप्रसाद निरौला तथा सदस्यहरुमा नारायणप्रसाद चौलागाई , राजेन्द्र खनाल, कविता बास्तोला र रुद्रबहादुर न्यौपानेलाई सर्बसम्मत चयन गरिएको छ । निर्वाचनमा .१ सय १७ मत खसेको र ४ मत बदर भएको झापा बारले जनाएको छ ।

झापा बारमा जम्मा १ सय ६३ जना कानुन व्यवसायी आवद्ध रहेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago