प्रदेश खारेजीको माग गर्नेहरू पश्चगामी सोच भएको : मुख्यमन्त्री कार्की

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन बिरोधी भावना भएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाको ४९ औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित व्यवस्थाका रूपमा रहेको प्रदेशको संरचना खारेजको माग गर्नेहरू पश्चगामी सोच भएको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरण गर्न नसकेकोमा लाजमर्दो भए पनि अब छिट्टै नामकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले रेडक्रस जस्तो मानवीय सेवाको पवित्र निकाय राजनीति खिचातानीमा पर्न नहुने भन्दै मुद्धामाथि मुद्धा गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने उल्लेख गरे ।

उनले नेपाल रेडक्रसकै उत्कृष्ट शाखाको पहिचान बनाएको झापा रेडक्रसको उन्नतिका लागि प्रदेश सरकारले सहकार्य गर्ने समेत बताए ।

रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षता तथा प्रदेश १ का मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रेवतीरमण स्वयम्सेवा पुरस्कारबाट उत्कृष्ट रेडक्रसकर्मीका रूपमा रेडक्रस झापाका पूर्व उपसभापति दिव्यप्रसाद भूर्तेल, पूर्वमन्त्री नारायण ढुंगाना र तुलसी काफ्ले जनही नगद ११ हजारसहित पुरस्कृत भएका छन् ।

यस्तै उत्कृष्ट रक्तदाता सम्मानबाट वीरता लेडी जेसीज, तेरापुञ्ज युवा परिषद र विराट अर्जुन उपभोक्ता सहकारी संस्था सम्मानित भए भने रेडक्रसकर्मीकै रूपमा रहेकी लख्खीदेवी गणेश प्रदेश सभा सदस्य निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago