बिर्तामोडमा वडास्तरीय नकआउट फुटबल, वडा नम्बर ४ को विजयी सुरुवात

झापा। बिर्तामोडमा आजदेखि चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा अनारमनीको डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा ४ वटा प्रहार गोलमा परिणत गर्दै बिर्तामोड–४ विजयी बनेको हो।

पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । वडा नम्बर ३ का लागि खेल सुरु भएको १७ औं मिनेटमा सन्तोष राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट बित्न नपाउँदै बिर्तामोड–४ ले जवाफी गोल फर्काएको थियो । बिर्तामोड–४ का लागि पहिलो हाफको २० मिनेटमा बिशाल बस्नेतले जवाफी गोल फर्काएका थिए ।टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड–४ का गोलरक्षक अनुराग श्रेष्ठ आजको खेलको ‘म्यान अफ दि म्याच’ चुनिए । अनुरागले नगद १५सय पुरस्कार पाए ।

खेलअघि औपचारिक समारोहका बीच प्रतियोगिताको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरिन् । यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले डोमालाल राजवंशी रंगशालालाई झापाको गौरवपूर्ण रंगशालाको रुपमा विकास गर्ने  बताए । कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला र झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, वडाध्यक्षहरु रोहित प्रसाई, मदन बुढाथोकी, किशोर पौडेल, राहुल शर्मा, सूर्यप्रसाद कन्दङ्वा, अविरल कृष्ण खरेललगायत विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छ । फाईनल खेल कात्तिक २ गते हुने छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago